विकल्प /म्याग्दी
पुस १ गते । पर्वतको धाईरीङ गाविस स्थीत मिलनचोक बजारमा सहकारी लेखा तालीम सम्पन्न भएको छ ।
डिभिजन सहकारी कार्यालय बागलुङको आयोजना र कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था मिलनचोकको संयोजनमा पाँच दिने तालीम सम्पन्न भएको हो । मंसिर २४ देखि २९ गतेसम्म सञ्चालन भएको तालीममा धाईरीङ, माझफाँट, लेकफाँट, नाग्लीवाङ क्षेत्रका विभिन्न १२ वटा सहकारीमा आवद्ध २६ जनाको सहभागिता रहेको थियो ।
सहकारीकर्मीहरुको क्षमत्ता अभिवृद्धी गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाका प्रबन्धक ओमप्रकाश शर्माले बताउनुभयो । तालीमको डिभिजन सहकारी कार्यालय बागलुङका निरिक्षक सोमाकान्त शर्मा र डिलबहादुर केसीले सहजिकरण गर्नुभएको थियो । सन्तोष गौतम