विकल्प/म्याग्दी
मंसीर २९ गते । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघले ग्यास उपलब्ध गराईदिन स्थानीय प्रशासन र उद्योग वाणिज्य संघ संग माग गरेको छ ।
संघका अध्यक्ष गोपाल पौडेलले खाना पकाउने एलपी ग्यासको अभावका कारण होटल ब्यवसाय धरासायी बनेको र ब्यवसायी पलायन हुन थालेको भन्दै ग्याँस आपुर्तीका लागि पहल गरिदिन माग गर्नुभएको छ ।
उहाँले संघको तर्फबाट ग्यासको ब्यवस्था गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघमा ज्ञापनपत्र समेत बुझाउनुभएको छ । होटल ब्यवसायीलाई प्रतिव्यसायी एक वटाका दरले ग्याँस उपलब्ध गराउनुपर्ने संघको माग छ ।
ग्यास वितरणमा होटल ब्यवसायीलाई प्राथमिकता नदिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । ग्यास अभाव भएपछि केही होटल बन्द भएका छन । केहीले दाउरा र सिमा क्षेत्रबाट महँगो मूल्य तिरेर ल्याएको ग्याँसले सेवा दिइरहेका छन् ।