लायन्स कल्वद्धारा पाँच विद्यालयलाई कम्प्युटर सहयोग

सन्तोष गौतम /विकल्प
म्याग्दी,मंसीर २८ गते । लायन्स कल्व अफ कुश्मा सिटीले उत्तरी पर्वतका पाँच वटा विद्यालयलाई आईतबार कम्प्युटर सहयोग गरेको छ ।

पर्वत बेनी प्राबिमा आयोजित कार्यक्रममा चार वटा विद्यालयलाई एकएक थान कम्प्युटर र एक वटालाई कम्प्युटर खरिद गर्न नगद प्रदान गरिएको हो । माझफाँटको विद्याज्योती उच्च मावि, बिन्दबासीनी प्राबि, पर्वत बेनी प्राबी, फर्से धाईरीङ मावि धाईरीङलाई कम्प्युटर र जनज्योती प्राबि बाँसखर्कलाई नगद सहयोग प्राप्त भएको पर्वत बेनी प्रा.बीका प्रअ हिराबहादुर जिसीले जानकारी दिनुभयो ।

लायन्स कल्व अफ कुश्मा सिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारीको नेतृत्वमा आएका कल्वका पदाधीकारी तथा सदस्यहरुको टोलीले सम्बन्धित विद्यालयका प्रअ तथा प्रतिनिधिहरुलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । पर्वत बेनी प्राबिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, प्रअ हिराबहादुर जिसीको सञ्चालन र शिक्षक बिष्णुमाया बरुवालले स्वागत गर्नुभएको कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।