बालस्वास्थ्य शिवीर सम्पन्न

म्याग्दी,मङ्सिर २८ गते
म्याग्दीको दरवाङमा आईतबार अपांगता भएका बालबालीकाहरुको लागि एक दिने निशूल्क घुम्ती शिवीर सम्पन्न भएको छ ।

पलान नेपालको सहयोगमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजनामा शिवीरको आयोजना गरिएको हो । शिवीरमा २१ जना बालबालीका लाभान्वित भएका केन्द्रका क्षेत्रीय संयोजक लक्ष्मण थापाले जानकारी दिनुभयो ।

७ जना शल्यक्रिया गर्नुपर्ने बालबालीकालाई थप उपचारको व्यवस्था मिलाइएको छ । चार जनालाई सहयोगी सामाग्री उपलब्ध गराइएको छ । डाक्टर अनशुल राजभण्डारीको टोलीले स्वास्थ्य परिक्षण, औषधि वितरण र परामर्श सेवा दिएको थियो । सन्तोष गौतम