शिक्षक महासंघलाई मान्यता दिनुपर्ने माग गर्दै ज्ञापनपत्र

सन्तोष गौतम /विकल्प
म्याग्दी,मंसीर २२ गते ।
म्याग्दीका पाँच वटा शिक्षक संगठनले शिक्षक महासंघलाई मान्यता दिनुपर्ने माग गर्दै जिल्ला शिक्षा कार्यालयमा संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

शिक्षा मन्त्रालयले २०७१ माघ २७ गते शिक्षक महासंघलाई आधिकारीक साझा टे«ड युनियनको रुपमा घोषणा गरेपनि जिल्लामा अझै कार्यान्वयन नभएको भन्दै शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

उनिहरुले नेपाल शिक्षक युनियनले प्रतिनिधित्व गर्ने शिक्षा समिति, बालकल्याण समिति लगायतका समितिहरुमा शिक्षक महासंघको प्रतिनिधित्व गराउनुपर्ने माग राखेका छन् ।

नेपाल शिक्षक संघका केशवप्रसाद रेग्मी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका सोमनाथ ढुंगाना, अखिल नेपाल शिक्षक संगठनका मनविर किसान, नेपाल शिक्षक परिषद्का भरत खत्री र अखिल नेपाल शिक्षक संघका पेमबहादुर थापाले जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।