संबिधान कार्यान्वयन नभए प्रतिगमन निम्तने उपसभापति ः पौडेल

सन्तोष गौतम/विकल्प
म्याग्दी, मंसिर २२ गते ।
नेपाली काँग्रेस म्याग्दीले नयाँ संबिधानको बिशेषताको बारेमा सन्देश प्रवाह गराउन ‘जनताको आगँनमा काँग्रेस अभियान’ सुरु गरेको छ ।

नयाँ संबिधानले गरेका व्यवस्था, संघिय संरचना, शाषकिय स्वरुप लगायतका विषयमा गाउँ तहका कार्यकर्ता र सर्वसाधारणलाई जानकारी गराउदै कार्यान्वयन गर्ने वातावरण सृजना गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।

DSC05263

‘कस्तो बन्यो संबिधान ? एकताको अभियान’ भन्ने नारासहित एक महिना सम्म अभियान सञ्चालन हुने अभियानको क्रममा सबै गाविस तथा वडाहरुमा नयाँ संबिधानको बारेमा जानकारी गराउन प्रशिक्षण, भेला र घेटघाट गरिने नेपाली काँग्रेस म्याग्दीका सहसचिव अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानको मंगलबार सदरमुकाम बेनीमा नेपाली काँग्र्रेसका उपसभापति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै उपसभापति पौडेलले नयाँ संबिधान कार्यान्वयन र लागु गर्न नसके देशमा प्रतिगमन निम्तने बताउनुभएको छ ।

नयाँ संबिधान प्रगतिशिल भएको र जनताका धेरै अधिकारलाई सम्बोधन गरेको पौडेलको दावी थियो । उपसभापति पौडेलले समावेशी, समानुपातीक ब्यवस्था लगायतका छुटेका विषयलाई संसोधन मार्फत सम्बोधन गर्न सकिने भएकाले मधेशी मोर्चालाई आन्दोलन छाडेर वार्तामा आउन आग्रह गर्नुभयो ।

 

संबिधान जारी गर्ने क्रममा केही प्राबिधिक क्रुटी हुँदा मधेशमा समस्या देखिएको बताउँदै त्यसलाई समाधान गर्न काँग्रेस सत्तामा नरहेपनि प्रत्यत्नशिल रहेको पौडेलले बताउनुभयो । उहाँले हिमाल, पहाड र तराईबासीबीचको एकतालाई अझै बलीयो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका पौडेलले प्रधानमन्त्रीले मधेश बिरोधी उत्तेजक अभिव्यक्ती दिनु तथा केही वुद्धीजिवीहरुले जनतालाई भ्रमीत पार्ने काम गरेकाले मधेश आन्दोलन र संकट निम्तीएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसदहरुले नेतृत्वले संबिधान जारी गरेपछि प्रधानमन्त्रीमा उमेद्वारी दिनु गल्ती भएको र संबिधानको उपलब्धिका बारेमा जनतालाई बुझाउन ढिलाई गरेको भन्दै आलोचना गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सभापति तथा सांसद प्रकाश शर्मा पौडेल, कास्की क्षेत्र नम्बर २ का सांसद सारदा पौडेल, पुर्व केन्द्रिय सदस्य शुक्रराज शर्मा, पर्वतका नेता भवानीशंकर पौडेल लगायतले धौलागिरी क्षेत्रको विकासमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

DSC05285
यसैगरी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि नेत्रबहादुर महत, रुद्रबहादुर केसी, जिल्ला सदस्य तमबहादुर थापा, जनजाती नेता ओम छन्त्याल, टे«ड युनियनका दुर्गाराम सुवेदी, तरुण दलका मुकुन छन्त्याल, दलित संघका केन्द्रिय सदस्य त्रिलोकचन्द्र विश्वास, महिला संघ म्याग्दीका सभापति बिमला गौचन, नेबिसंघका सभापति भरत रकाल र बेनी नगरपालीका प्रतिनिधि अनोद श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति तथा सांसद रेशमबहादुर बानियाको अध्यक्षता तथा स्वागत र सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रमका अर्का सचिव मिनबहादुर कार्कीले समापन गर्नुभएको थियो ।