प्रवास

म्याग्दी सेवासमाज कतारका सदस्य बरुवाललाई बिदाई

तिलु शर्मा / विकल्प दोहाकतार, पुस १ गते । लामो समय देखि कतारमा रोजगारी गरेर वस्नुभएका मनक वरुवाललाई म्याग्दी सेवा समाज दोहाकतारले विदाई एवम् सम्मान गरेको छ । समाजका कार्यसमिति सदस्य समेत रहेका वरुवाल आफ्नो जन्म घर म्याग्दी फर्किदै हुनुहुन्छ । विदाइ कार्यक्रममा जिल्लाको सामाजिक कार्यमा पु¥याउनुभएको योगदानको कदर गर्दै बरुवाललाई सम्मान गरिएको थियो । […]

साउदी अरबमा ज्यान गुमाएका विपन्न घरपरिवारलाई युकेबाट दुइलाख सहयोग

ठाकुरप्रसाद आचार्य/विकल्प म्याग्दी,मंसिर १३ गते । रोजगारीको शिलसिलामा साउदी अरवको रियादमा ज्यान गुमाएका म्याग्दीको भगवती–९का कमल भण्डारीको घरपरिवारलाई युकेमा वस्ने म्याग्देलीहरुले दुइलाख सहयोग गरेका छन् । कार्तिक १२ गते कामको शिलशिलामा दुर्घटनामा परेर ज्यान गुमाएका भण्डारीको घरपरिवारको अबस्था अत्यन्तै कमजोर रहेकाले घरपरिवारको राहतको लागि आर्थिक संकलन सुरु गरिएको हो । रोजगारीको शिलशिलामा युकेमा रहेका भगवती […]

गौप्रसाद पाईजालाई हङकङबाट एकलाख सहयोग

विकल्प /म्याग्दी मंसिर ११ गते । म्याग्दीको कुहुँ –८ थाईवाङ गौप्रसाद पाईजालाई हङकङमा रहेका म्याग्देलीले आर्थिक संकलन गरेका छन् । बाबा धनप्रसादको मृत्यु भएको केही महिनापछि आमा परपुरुष संग हिडेपपिछ बेसहारा बनेका पाईजा विहानबेलुका हात जोर्न समेत मुस्किल भएको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रशारण तथा प्रकाशित भएपछि हङकङबाट बावियाचौर– ४ ¥यालेखोरका चित्र बहादुर पुन, कुहुँ–४ का […]

मोना हङकङद्धारा दृष्टिविहिनी श्रोतकक्षालाई ब्रेन लिपी टाईपराईटर सहयोग

विकल्प / मंसिर ३ गते । म्याग्दीको पिप्ले–९ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिनी श्रोतकक्षालाई हङकङमा रहेका म्याग्देलीले ब्रेन लिपी टाईपराईटर र पेपर सहयोग गरेको छन् । बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष इन्द्र एलजी थापामगर, कार्यसमिति सदस्य मोहन रोका र मोना महिला विभाग विभागको सदस्य लक्ष्मी थापामगरले विद्यालय ब्यवस्थापन […]

बैँसरीका पहिरोपीडितलाई रु ५० लाख सहयोग

म्याग्दी, कात्तिक ३० गते  । म्याग्दीको बँैसरीका पहिरोपीडितलाई ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका बैँसरीवासीको राहत तथा पुनर्वासका लागि जिल्लाका सङ्घसंस्था, देशभित्र र विदेशमा रहेका म्याग्देलीमार्फत ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग प्राप्त भएको हो । ४० लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ बराबरको जिन्सी […]

प्रवासी म्याग्देलीको मन, वस्यालको उपचारका लागि आयो धन

करेन्ट लागेर घाईते भएका म्याग्दीको पिप्ले का गोविन्द बस्यालको उपचारका लागि बेल्जीयमबाट नगद सहयोग प्राप्त भएको छ । राखु पिप्ले घर भई हाल बेल्जीयममा रहेकाहरुले संकलन गरि पठाएको ६५ हजार रुपैया गोविन्दका बुवा भिमसेन बस्याललाई आईतबार म्याग्दी उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । म्याग्देली प्रवासी नेपाली संघ (मोना)का अन्तराष्ट्रिय महासचिव […]

दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनामा कोरियाली म्याग्देलीले लगानी गर्ने

अनन्त गिरी \ दक्षिण कोरिया कात्तिक २३ गते । जिल्लाको पश्चिम म्याग्दीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा कोरियामा रहेका म्याग्देलीहरुले लगानी गर्न इच्छा प्रकट गरेका छन् । हालैमात्र धौलागिरि हाइड्रो प्रा.लिका अध्यक्ष प्रमोद श्रेष्ठ लगानीका वारेमा यहाँ रहेका नेपालीहरु सँग छलफल गर्न कोरिया आउनुभएको हो । छलफल कार्यक्रममा जिल्लामा […]

हङकङमा देउसीभैलो खेलेर म्याग्दी अस्पताललाई १७ लाख

हरिकृष्ण गौतम\विकल्प कात्तिक २३ गते । हङकङमा रहेका म्याग्देलीले जिल्ला अस्पताल म्याग्दीमा एक्सरे मेसिन खरिद गर्न देउसीभैलो खेलेका छन् । म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ)ले आइतबार साँझ देउसीभैलो खेलेर दुईघण्टामा १७ लाख संकलन गरेको छ । अपेक्षा गरेअनुसार नै सहयोग संकलन गर्न सफल भयौ । डिजिटल एक्सरे खरिद गर्नेछौ अध्यक्ष इन्द्र […]

धवलागिरी हाईड्रो प्रा.लिका अध्यक्ष कोरियामाम्याग्दी खोला जलबिद्युत आयोजना र लगानी सम्बन्धी सेमिनारको आयोजना हुँदै,

    भरत तुलाचन\सउल कोरिया, म्याग्दी जिल्लाको देविस्थान र ताकमको सिमा क्षेत्रमा निर्माण हुन लागेको जिल्लाकै चर्चित २५ मेगावाटको जलविद्युत आयोजनामा लगानी सम्बन्धि सेमिनारमा सहभागि हुन धवलागिरी हाइड्रो प्रा.लि का अघ्यक्ष प्रमोद श्रेष्ठ सहितको प्रतिनिधि टोली कोरिया आई पुगेको छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य समेत रहनु भएका श्रेष्ठ सहितको टोलीले यसै आईतबार […]

म्याग्दी उद्योग वाणिज्य संघद्धारा प्रवासी म्याग्देलीलाई सम्मान

हरिकृष्ण गौतम,विकल्प \ म्याग्दी उद्योग वाणिज्य संघले शुक्रबार म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी समितिका पदाधिकारी एवम् सदस्यलाई सम्मान गरेको छ । गत कात्तिक २ र ३ गते बेनीमा सम्पन्न भएको सम्मेलनबाट निर्वाचित मध्ये बेनीमा उपस्थित रहेकालाई सम्मान गरिएको हो । मोना आईसीका अध्यक्ष योगेन्द्रबहादुर क्षेत्री, कोषाध्यक्ष चक्र थापा, सचिव तुल्म राम्जाली, क्षत्रीय उपाध्यक्षमा बालकृष्ण […]

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]

अमेरिकि आकाशमा ठोक्किए दुई विमान, चारजनाको मृत्यु

वासिंटन, भदौ १ । अमेरिकाको सान डियागोस्थित विमानस्थल तर्फ आउँदै गरेका दुई विमान उडानकै क्रममा आकाशमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । दुर्घटनामा कम्तीमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । आकाशमै ठोक्किएर जमिनमा विमान खसेपछि आगो लागेको थियो । खुला क्षेत्रमा विमान झरेका कारण थप मानवीय क्षति नभएको अधिकारीहरुको भनाई छ । संघीय […]

खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित

खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]

१६ वर्षमै सगरमाथा चढेर विश्व रेकर्ड

विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणमा विश्व कीर्तिमान कायम गर्ने नेपालीहरुको सूचीमा अर्को एउटा नाम थपिएको छ । सोलुखुम्बु गुडेल–४ की निमा छुरिम शेर्पाले विश्वकै कान्छी आरोहीको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएको छ । शेर्पाले १६ वर्ष छ महिना सात दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम […]

ज्योती मगरले गलत समाचार प्रकाशित गरी बद्नाम गर्न खोज्नेविरुद्ध हालिन मुद्दा, को–को परे निशानामा ?

काठमाडौं । गायिका ज्योती मगरले केही अनलाईन् र ब्लगविरुद्ध मुद्दा दर्ता गराएकी छिन् । आफ्नो बारेमा गलत प्रचार गरेर बद्नाम गर्न खोजेको भन्दै ज्योतीले शुक्रबार नेपाल प्रेस काउन्सिलमा केही अनलाईन र ब्लगविरुद्ध मुद्दा हालेकी हुन् । ज्योती मगरमाथि हातपात भयो भन्ने गलत खबरलाई अनलाईनले प्रकाशित गरेपछि उनी केही दिनदेखि तनावमा पनि थिइन् । गलत समाचार […]