धाइरिङका आगलागी पीडितलाई युकेबाट सहयोग
-
धाइरिङका आगलागी पीडितलाई युकेबाट सहयोग
विकल्प न्यूज/बेनी बैशाख ४ गते । धाइरिङ गाविस लालुङखानीका आगलागी पीडित परिवारहरुलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । धाइरिङ ९ निवासी हाल युकेमा रहनुभएका दधी आचार्य र सोही गाविस ७ का नारायणप्रसाद आचार्यले आगलागी परिवारका लागि २३ हजार पाँचसय रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । शनिबार मिलनचोकमा पर्वतका प्रहरी नायव उपरिक्षक…
पुरा पढ्नुहोस » -
म्याग्दीको विकासमा प्रवासीको योगदान
सन्तोष गौतम,ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज म्याग्दी,बैशाख २ गते । विभिन्न कारणले बिदेशिन पुगेका म्याग्दीका प्रवासीहरु परोपकारी काममा अग्रसर भएका छन् । सात समुन्द्रपारीका देशमा श्रम, पसिना बेचेर कमाएको पैसा प्रवासी म्याग्देलीहरुले जिल्लाको सामाजिक एवम भौतिक पूर्वाधारको विकासमा लगाउन थालेका हुन् । व्यक्तिगत र संस्थागत रुपमा प्रवासीबाट म्याग्दीको शिक्षा, स्वास्थ्य तथा पूर्वाधार…
पुरा पढ्नुहोस » -
जन्मगाउँमा लाखौ लगानीमा पूर्वाधार निर्माण
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ बैशाख । म्याग्दीको ताकम गाविस ७ हिलापोखरीमा दुई व्यक्तिले लाखौ लगानीमा विकासका पुर्वाधार निर्माण गर्नुभएको छ । हाल पोखरा नदीपुर बस्नुहुने रेशम पुन र बेलायतमा रहनुभएका दुर्गाबहादुर पुनले आफ्नो जन्मगाउँमा नौ लाख रुपैयाको लगानीमा सडक र सामुदायिक भवन निर्माण गर्नुभएको हो । सिंगापुर प्रहरीको सेवानिवृत्त रहनुभएका रेशम…
पुरा पढ्नुहोस » -
म्याग्दीका गाउँमा इन्टरनेट सेवा विस्तारका लागि सहयोग जुटाउन पोर्चुगलमा सांस्कृतिक कार्यक्रम
विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीका सवै गाविसमा इन्टरनेट सेवा विस्तारका लागि विदेशमा वसोवास गर्ने म्याग्देलीहरुले सहयोग जुटाउन थालेका छन् । यहि अप्रिल २४ का दिन मोना पोर्चुगलले सांस्कृतिक कार्यक्रम गरि सहयोग जुटाउने अभियानको थालनी गर्न लागेको मोना अन्तरास्ट्रिय युरोप विभागका सचिव तथा मोना पोर्चुगलका सल्लाहकार सुर्जे भट्टचनले जानकारी दिनुभयो ।…
पुरा पढ्नुहोस » -
मनकारी परदेशी ः जसले गाउँमा विद्यालय बनाइदिए
विकल्प न्यूज/बेनी चैत २२ गते । बेनी नगरपालीका ९ काउलेगौडामा जन्मिएका ४८ वर्षिय भोजबहादुर बानिया सानो हुँदा ‘शिशु’ कक्षा पढ्न एक घण्टा हिडेर नेप्टेचौर स्थित अहिलेको राष्ट्रिय माविमा पढ्न जाँदाको दुख अझै झलझली सम्झन्छन् । नेप्टेचौरमा तिन कक्षासम्म अध्ययन गरेका बानियाँले घरबाटै आउने जाने गरेर बेनीको प्रकाश मावि उच्च माबिबाट एसएलसी पास…
पुरा पढ्नुहोस » -
पर्वत सेवा समाजले पायो बैधानिकता
अगन्धर तिवारी /विकल्प न्यूज पर्वत,फागुन २८ गते । पर्वत जिल्लामा जन्मस्थान भई बिदेश, जिल्ला बाहिर तथा जिल्लाभित्रै बसोबास गर्ने यूवाहरुको सक्रियतामा सामाजिक सेवा गर्ने उद्धेश्यले ‘पर्वत सेवा समाज नेपाल’ नामक संस्थाको विधिवत शुभारम्भ गरिएको छ । पर्वतको पाङ्ग्राङमा जन्मथलो भई हाल रोजगारको शिलशिलामा इजरायलमा रहेकी दिपिका भुषालको संयोजकत्वमा गठित संस्थाले जिल्ला प्रशासन…
पुरा पढ्नुहोस » -
प्रवासी म्याग्देलीको सहयोगी मन – चार विद्यालयलाई मोना वेल्जियमको ३ लाख सहयोग
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) वेल्जियमले भूकम्पबाट क्षती भएका जिल्लाका ग्रामिण भेगमा रहेका चार सामुदायिक विद्यालयलाई तिनलाख रुपियाँ सहयोग गरेको छ । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको समन्वयमा मोना बेल्जियमले संकलन गरेको उक्त रकम कोषद्धारा बेनीमा आयोजना गरिएको कार्यक्रमका अवसरमा प्रत्येक विद्यालयलाई ७५ हजार रुपियाँका दरले…
पुरा पढ्नुहोस » -
भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई ६ लाख रुपियाँ संकलन
विकल्प न्यूज/विकल्प न्यूज फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई प्रवासी म्याग्देलीले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा अहिले सम्म ६ लाख रुपियाँ भन्दा वढी आर्थिक संकलन भएको छ । कार्तिक १२ गते कामको शिलशिलामा भण्डारीको करेन्ट लागेर साउदीमा निधन भएको थियो । आर्थिक अवस्था कमजोर…
पुरा पढ्नुहोस » -
भगवतीका स्वर्गीय कमल भण्डारीको परिवारलाई मोना बेल्जीयमको पचास हजार सहयोग
विकल्प न्यूज/बेनी म्याग्दी,फागुन २७ गते । साउदी अरवमा ज्यान गुमाएका भगवती–९ का कमल भण्डारीको परिवारलाई वेल्जीयममा रहेका राखु निवासीहरुले पचास हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जीयमका निवर्तमान अध्यक्ष एवम् मोना आइइसीका महासचिव घनश्याम शाहीले बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्याक्रमका विच सो आर्थिक सहयोग रकम स्वर्गिय भण्डारीका धर्मपत्नी मिना…
पुरा पढ्नुहोस » -
टोड्के महोत्सवलाई मोनाद्धारा एक लाख सहयोग
सन्तोष गौतम/विकल्प म्याग्दी,फागुन २६ गते । म्याग्दीको पर्यटकीय तथा धार्मीक स्थलमा सञ्चालन भएको टोड्के महोत्सवलाई प्रवासी म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले एक लाख रुपैया सहयोग गरेको छ । मंगलबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा मोनाका महासचिव घनश्याम शाहीले मुल आयोजक समितिलाई एक लाख रुपैया नगद हस्तान्तरण गर्नुभएको…
पुरा पढ्नुहोस » -
पर्वत प्रवासी समाज कोरियाको अध्यक्षमा पुर्जा
विकल्प न्यूज /बेनी माघ २७ गते । हालै सम्पन्न भएको पर्वत प्रवासी समाज दक्षिण कोरियाको चौथो अधिवेशनबाट तुलबहादुर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको छ । विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका पर्वतेलीहरुको साझा संस्थाका रुपमा क्रियाशिल प्रवासी समाज सामाजिक कार्यमा अग्रसर हुँदै आएको छ । अधिवेशनले ११ सदस्यीय कार्य समितिको निर्बिरोध…
पुरा पढ्नुहोस » -
पर्वत सेवासमाज इजरायलको सामाजिक कार्यमा अग्रसरता
विकल्प न्यूज /बेनी पर्वत,माघ १० गते । विभिन्न पेशा तथा रोजगारीका शिलसिलामा इजरायल पुगेका पर्वतेलीहरुले जिल्लाको मानविय कार्यको क्षेत्रमा जुट्न थालेका छन् । उनीहरुले त्यहाँ पर्वत सेवासमाज इजरायल नामक संस्था स्थापना गरेर जिल्लाको सामाजिक र परोपकारी क्षेत्रमा काम गर्न थालेका हुन । संस्थाको हालै सम्पन्न प्रथम पहिलो अधिबेशनका अवसरमा जिल्लाको परोपकारी क्षेत्रमा…
पुरा पढ्नुहोस » -
मोना बेलायतको अध्यक्षमा कमल पुर्जा
सन्तोष गौतम/विकल्प म्याग्दी,माघ १० गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतको अध्यक्षमा कमलबहादुर पुर्जा निर्वीरोध चयन हुनुभएको छ । पाँचौ अधिवेशन मार्फत चयन हुने आगामी कार्यसमितिका लागि शनिबार सम्मको उमेदवारी दर्ता गर्ने समयसिमा तोकिएकोमा अध्यक्ष पदमा म्याग्दी दानाका पुर्जाको मात्रै उमेद्वारी परेपछि उहाँ निर्वीरोध हुनुभएको हो । तोकिएको समयमा पुर्जाको मात्र…
पुरा पढ्नुहोस » -
बेनीको बालगृहलाई स्पेनबाट रु १० हजार सहयोग
विकल्प न्यूज /बेनी पुस २९ गते । रोजगारीको शिलशिलामा स्पेन पुग्नुभएका बेनी नगरपालिका ९ घतान निवासी खिमविर मिजारले बेनीमा रहेको बालगृहमा वस्ने अनाथ बालबालिकाहरुका लागि १० हजार रुपियाँ सहयोग गर्नुभएको छ । मिजारको बहिनी लक्ष्मी मिजार र छिमेकी हिरा श्रेष्ठले बुधबार बालसंगठनका कोषाध्यक्ष टंक हमाललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । ओमकुमारी…
पुरा पढ्नुहोस » -
म्याग्दीका दुर्गम भेगमा इन्टरनेट विस्तार गर्न मोना हङकङले सहयोग गर्ने
विकल्प न्यूज /बेनी पुस २२ गते । म्याग्दीका दुर्गम भेगमा इन्टरनेट सञ्जाल विस्तार गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला विकास समितिले एक वर्ष अगाडी जिल्लाका दुर्गम गाउँमा वसोवास गर्ने जिल्लावासीहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन योजना अगाडी बढाएको थियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना),…
पुरा पढ्नुहोस »