बेनी बजार आधारभूत विद्यालयमा चन्दादाता सम्मान तथा शैक्षिक अन्तरक्रिया
-
बेनी बजार आधारभूत विद्यालयमा चन्दादाता सम्मान तथा शैक्षिक अन्तरक्रिया
विकल्प न्यूज/बेनीसाउन ३२ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको बेनी बजार आधारभूत विद्यालयले चन्दा दातालाई सम्मान,छात्रावृत्ती वितरण, र शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा अभिभावक र सरोकारवालाहरुले शैक्षिक गुणस्तर वृद्धि,पूर्वाधार निर्माण र विद्यालयको व्यवस्थापन लगायतका विषयमा विचार राखेका थिए । कार्यक्रममा…
पुरा पढ्नुहोस » -
बेनीमा घोडा नाच देखाइयो (भिडियो)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ३२ गते । नेवार समुदाका युवाहरुले बेनीमा घोडा नाच देखाएका छन् । घोडा नाच नेवारी कला संस्कृति अन्तर्गत पर्दछ । नागपञ्चमीका दिन देखि सुरु भएको बर्खे नाच अन्तर्गत शुक्रबार घोडा नाच देखाइएको हो । नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश…
पुरा पढ्नुहोस » -
कुवापानी पहिरोले माझफाँटकाे आदिवराह पुरियो
पर्वत, साउन ३१ गते । जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल आदिवराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । गत बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको…
पुरा पढ्नुहोस » -
गलेश्वरमा साउन महिनामा १५ लाख भेटी संकलन
ठाकुरप्रसाद आचार्य / बेनीसाउन २९ गते । म्याग्दीको बेनी नगरपालिका ९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालयमा साउन महिनामा १५ लाख बढी भेटी संकलन भएको छ ।साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वर शिवालय दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजन तथा श्रद्धालुहरुबाट १५ लाख दश हजार सातसय २४ रुपियाँ भेटी संकलन भएको हो ।यस…
पुरा पढ्नुहोस » -
पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण
म्याग्दी, साउन २९ गते । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो । बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर…
पुरा पढ्नुहोस » -
म्याग्दीमा कृषि र भेटेरिनरीको बजेट सार्वजनिक
ठाकुरप्रसाद आचार्य /बेनीसाउन २८ गते । म्याग्दीमा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि र पश्ु विकास कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि ८ करोड ३१ लाख ६० हजार रुपियाँ बजेट प्राप्त गरेका हुन ।…
पुरा पढ्नुहोस » -
पर्वत समाज युकेद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
विकल्प न्यूज/पर्वतसाउन २९ गते । पेशा,व्यवसाय र रोजगारीका क्रममा बेलायतमा बसोबास गर्ने पर्वतेलीहरुको संस्था पर्वत समाज युकेले जिल्लाका विभिन्न विद्यालयहरुमा अध्ययनरत गरिब, विपन्न तथा जेहान्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्यको नेतृत्वमा पर्वतको जलजला र विहादी गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो…
पुरा पढ्नुहोस » -
पर्वत बाहिर रहेका सदस्यलाई संगठित गर्दै एमाले
विकल्प न्यूज/पर्वतसाउन २८ गते । नेकपा (एमाले) पर्वतले जिल्ला बाहिर रहेका पार्टी सदस्यहरुलाई संगठित गर्ने अभियान शुरु गरेको छ । एमालेको जिल्ला कमिटिले पर्वत जिल्लामा मतदाता रहे पनि देशका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका एमाले समर्थित कार्यकर्ताहरुलाई संगठीत गर्ने अभियानको शुरुवात गरेको हो । विभिन्न पेशा,व्यवसाय र रोजगारीका क्रममा जिल्ला बाहिर रहेका…
पुरा पढ्नुहोस » -
साउनमा एकलाख भक्तजनले गलेश्वर मन्दिरको दर्शन गरे (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/बेनीसाउन २८ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबार सम्म करिब एकलाख भक्तजनले दर्शन गरेका छन् ।बेनी नगरपालिका ९,गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरमा साउन महिनाको पहिलो सोमबार देखि अन्तिम सोमबार आज सम्म उक्त संख्यामा भक्तजनहरुहरुले दर्शन,पूजाआजा र भ्रमण गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन…
पुरा पढ्नुहोस » -
कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम
विकल्प न्यूज/बेनीसाउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग…
पुरा पढ्नुहोस » -
च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी
विकल्प न्यूज/पर्वतसाउन २८ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी…
पुरा पढ्नुहोस » -
पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन
विकल्प न्युज/ बेनी साउन २६ गते । पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो । पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी…
पुरा पढ्नुहोस » -
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
म्याग्दी, साउन २६ गते । सडकमा खसेको पहिरो । तस्विर सूर्यकिरण न्यौपाने सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो । शुक्रवार साँझ पहिरो खसेको र…
पुरा पढ्नुहोस » -
आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो
म्याग्दी, साउन २५ गते । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता…
पुरा पढ्नुहोस » -
आज नागपञ्चमी, नाग पूजा गरिँदै
काठमाडौँ, साउन २५ गते । बेनीको लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको नागको थानमा नाग पूजा गर्दै स्थानीयवासी । तस्विर ठाकुरप्रसाद आचार्य प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख…
पुरा पढ्नुहोस »