म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)
-
म्याग्दीलाई लाल किल्ला नै बनाउने नेकपा ओली पक्षको उदघोष (भिडियो सहित)
विकल्प न्यूज/बेनी पुस १८ गते । पार्टी भित्रका केही व्यक्तिहरु फुटेर गएपनि म्याग्दी जिल्ला लाल किल्ला नै हुने नेकपा ओली पक्षका नेताहरुले उदघोष गरेका छन् । शनिबार बेनीमा नेकपा ओली पक्षले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्ने जिल्लाका नेताहरुले लाल किल्ला कायम हुने दावी गरे । पार्टी विभाजन भएपनि अधिकांश नेता तथा कार्यकर्ताहरु…
पुरा पढ्नुहोस » -
यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज मंसिर १७ गते । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन…
पुरा पढ्नुहोस » -
आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)
ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते । गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन…
पुरा पढ्नुहोस » -
विद्यार्थी खोज्दै शिक्षक घरघरमा (भिडियो)
विकल्प न्यूज/बेनी असोज १४ गते । कोरोना महामारीका विच विद्यालय सञ्चालन नभएपछि बेनी सामुदायिक विद्यालयले विद्यार्थीको घरघरमा पुगेर पढाउन थालेको छ । विद्यालयले अहिले सम्म ६०० भन्दा बढी विद्यार्थीहरुको घरघरमा पुगिसकेको छ । https://www.youtube.com/watch?v=I6fRoU4wZ80 टोलमा विद्यार्थीहरुलाई भेला गराएर विषयगत शिक्षकहरुले पढाउन थालेका छन् । यो अभियान विद्यालयले असार १५ गतेबाट सुरु गरेको हो…
पुरा पढ्नुहोस » -
‘यसपाली दशैंमा’ गीत सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनी असोज ९ गते । बेनीका कलाकार सुनिल बानियाँको अभिनय रहेको ‘यसपाली दशैंमा’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको जातिय विवेदका विरुद्ध जनचेतनामुलक सन्देश दिने खालको विषयवस्तुलाई गीतमा समेटिएको छ । अन्तरजातिय बिबाहबाट सफल भएका एक दम्पत्तिको सफल कथामा आधारित रहेर म्यूजिक भिडियो तयार पारिएको कलाकार बानियाँले बताउनुभयो । बेनी सामुदायिक…
पुरा पढ्नुहोस » -
हरियालीको कालिज फार्ममा पसेको चितुवा हेर्नेको भीड (भिडियो सहित)
विकल्प न्यूज/बेनी भदौं २६ गते । बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपको कालिज फार्म भित्र शुक्रबार राती पसेको चितुवा हेर्ने सर्वसाधरणहरुको भीड लागेको छ । चितुवा पसेर कालिजका चल्ला मारेको छ । वरीपरी तारजालीले घेरिएको कालिज फार्म भित्र चितुवा जम्प गरेर पसेको हुन सक्ने संचालक शेरबहादुर केसीले बताउनुभयो । फार्ममा रहेका करिब…
पुरा पढ्नुहोस » -
बेनी नगरपालिकाले सार्वजनिक ग¥यो कोरोना रोकथाममा भएको खर्च विवरण
विकल्प न्यूज/बेनी भदौं ८ गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण गरेको छ । सोमबार नगरपालिकामा पत्रकार भेटघाट मार्फत नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले कोरोना रोकथामका लागि भएको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख हरिकुमार श्रेष्ठ,उपप्रमुख सञ्जु बरुवाल,प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस » -
राम्रो अभियान ! पाडापाडी संरक्षणमा जुट्दै भगवान खड्का (भिडियो)
विकल्प न्यूज/बेनी भदौं ६ गते । बेनी नगरपालिका ४ सिंगाका भगवान खड्काले पाडापाडी संरक्षण अभियान थाल्नुभएको छ । भैंसी ब्याउदा वित्तिकै पाडापाडी कटाउने प्रचलनलाई निरुत्साहित गर्न खड्काले पाडीपाडी संरक्षण अभियान थाल्नुभएको हो । लैहिनो पाडापाडी काटेर खाने प्रचलनले भैंसी उत्पादन नहुने र मुल्य बृद्धि हुनथालेका छ । खड्काले साना साना पाडापाडीहरु उर्काउने र…
पुरा पढ्नुहोस » -
आहा कालिज पालन ! भिडियोमा हेर्नुहोस हरियाली ग्रुपको कालिज पालन
विकल्प न्यूज/बेनी भदौं ४ गते ।म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको हरियाली ग्रुपले व्यवसायिक रुपमा कालिज पाल्न थालेको छ । करिब पचास लाख लगानी गरेर १० रोपनी क्षेत्रफलमा व्यवस्थित खोर बनाई कालिज पाल्न थालेको हो । हरियालीको यो नयाँ उत्पादन हो । नयाँ उत्पादनले राम्रो बजार लिने सक्ने सञ्चालकहरुले विश्वास गरेका छन्…
पुरा पढ्नुहोस » -
अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमै बाख्रापालनमा रमाउँदै किष्ण (भिडियो)
विकल्प न्यूज/बेनी भदौं १ गते । म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमा व्यवसायिक रुपमा बोयर जातका बाख्रापाल्न थाल्नुभएको छ । ४ वर्ष इराकमा विताउनुभएका किष्णले गाउँ फर्किएर बाख्रा पाल्न थाल्नुभएको हो । हेर्नुहोस भिडियो https://www.youtube.com/watch?v=IoKNDvqtIJw
पुरा पढ्नुहोस » -
बेनी अस्पतालले सुरु ग¥यो पहिलोपटक डायलासिस सेवा (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन १८ गते । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले पहिलोपटक मृगौलाको डायलासिस सेवा सुरु गरेको छ । ४ वटा मेशिनबाट आइतवार देखि डायलासिस सेवा सुरु गरेको हो । गण्डकी प्रदेशको सामाजिक विकास मान्त्रालय र बेनी अस्पतालको सहकार्यमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो । आइतबार दुइजना विरामीको डायलासिस गरेर सेवा सुरु गरिएको…
पुरा पढ्नुहोस » -
बेनीमा मास्क नलगाई हिड्नेलाई च्याप्प समाउँदै गाडीमा हाल्दै (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी साउन १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा मास्क नलगाई हिडडुल गर्ने सर्वसाधरणहरुलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै प्रहरी प्रशासनले न्यूनतम स्वास्थ्य सुरक्षाका नियमहरु पालना नगर्नेहरुलाई कडाई गर्न थालेको हो । https://www.youtube.com/watch?v=0Hl3dc_np9c मास्क नलगाई हिडेका पचासजनालाई विहिवार बेनीबजारका विभिन्न स्थानहरुबाट प्रहरीले पक्राउ गरी सेचत बनाएर…
पुरा पढ्नुहोस » -
भिडियोमा हेर्नुहोस बिमका पहिरो पीडितको पीडा
विकल्प न्यूज/बेनी साउन १२ गते । गत असार २५ गते राती परेको भिषण वर्षापछि बिम गाउँ क्षणभरमै पहिरोमा परिणत भयो । गाउँनै शोकमा ढुब्यो । पहिरोमा परेर ९ जनाको ज्यान गयो । एउटा परिवार त सखाप नै भयो । पहिरोले २६ घरलाई पूर्ण क्षति पु¥यौं । ५५ देखि ६० घर उच्च जोखिममा…
पुरा पढ्नुहोस » -
मराङका पहिरोपीडित सुत्केरी महिला भोकभोकै (भिडियो रिपोर्ट सहित)
ठाकुरप्रसाद आचार्य/मराङ साउन ११ गते । गत असार २५ गते धौलागिरि गाउँपालिका ६ मराङ नाम्रुककी सविना विक बेलुकाको खान खादै थिइन । अविरल वर्षा भइरहेको थियो । एकैछिनमा गाउँ माथिबाट पहिरो खस्न थाल्यो । छिनभरमै पहिरोले घर घेरियो । खाना खादै गरेको भाग छाडेर भाग्यौं सविनाले भन्नुभयो ‘श्रीमानले पाँचदिनको बच्चा, मैले अर्को छोरीलाई…
पुरा पढ्नुहोस » -
नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडकमा जोखिम बढ्यो (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन ७ गते । बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो गएका कारण जोखिम बढेको छ । सडक माथिबाट आउने पहिरो र कालिगण्डकी नदीले कटान गर्दा सडक भासिएका कारण सवारी साधन आवतजावत र सर्वसाधरणहरुलाई समेत पैदल हिड्न सकस परेको छ । जलेश्वर नजिक सडक माथिबाट आएको पहिरोका विहिवार विहान सडक अवरुद्ध भएको हो…
पुरा पढ्नुहोस »