बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को
-
बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को
म्याग्दी, जेठ १० गते । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो १० वर्षको अवधिमा भौतिक र शैक्षिक हिसाबले फड्को मारेको छ । दशकअघि विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको यो सामुदायिक विद्यालयमा हाल निजी विद्यालय छोडेर पढ्न आउन थालेका छन् । अङ्ग्रेजी माध्यमबाट पठनपाठन, अभिभावक र समुदायको सुझावअनुसार तयार पारेको…
पुरा पढ्नुहोस » -
रघुगंगामा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु
विकल्प न्यूज/बेनीजेठ ९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ । २७ जना जग्गादाताहरुले निःशुल्क रुपमा उपलब्ध गराउनुभएको जग्गामा बन्ने उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गर्नुभयो । अध्यक्ष भण्डारीले भवन शिलान्यास गर्दै भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने…
पुरा पढ्नुहोस » -
कृषक पाठशालाबाट दुई सय कृषकलाई दक्ष बनाउँदै बेनी नगरपालिका (फोटोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ८ गते । बेनी नगरपालिकाले किसानहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान,सिप,प्रविधि र रोगकिराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला संचालन गरेको छ । चालु आर्थिक वर्षमा दश लाख पाँचास हजार रुपियाँ बजेट विनियोजन गरेर ७ वटा समुहका करिब दुईसय किसानलाई तरकारी खेती सम्बन्धि प्राविधिक ज्ञान,विषादीको प्रयोग,बाली लगाउने तरिका लगायतका व्यवहारिक…
पुरा पढ्नुहोस » -
आरोहणको ७५ वर्ष ः पाँचसय ३२ जना अन्नपूर्णको शिखरमा
ठाकुरप्रसाद आचार्य /बेनीजेठ ७ गते । जेठो हिमालको उपाधि हासिल गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्षको अवधिमा स्वदेशी र विदेशी गरेर पाँचसय ३२ जनाले सफल आरोहण गरेका छन् ।चालु वसन्तकालिनयाममा ६ समुहका ४९ पुरुष र १७ महिला गरी ६६ जनाले अनुमति लिएकोमा हाल सम्म ४४ जनाले…
पुरा पढ्नुहोस » -
म्याग्दीको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
विकल्प न्यूज/बेनीजेठ ७ गते । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ । सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकको आगमन बढ्दै गएपछि उनीहरूको सुविधाका लागि पार्क निर्माण गर्न थालिएको हो ।…
पुरा पढ्नुहोस » -
कान्छी गाउँ विजयी
म्याग्दी, जेठ ७ गते । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा…
पुरा पढ्नुहोस » -
सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा
काठमाडौं, ६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ । आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताए…
पुरा पढ्नुहोस » -
विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय
५ जेठ, म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको…
पुरा पढ्नुहोस » -
म्याग्दीको समग्र विकास मेरो पहिलो प्राथमिकता हो : राज्यमन्त्री गर्बुजा
विकल्प न्यूज\बेनीजेठ ४ गते । नेपाल सरकारका नवनियुक्त उर्जा,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ । आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो । बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने…
पुरा पढ्नुहोस » -
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
मुस्ताङ, जेठ ४ गते। पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो। हलिउडदेखि बलिउड र…
पुरा पढ्नुहोस » -
धवलागिरिको पुख्र्यौली नाच प्रतियोगितामा मुना बिजयी
विकल्प न्यूज/बेनीजेठ ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल भएका…
पुरा पढ्नुहोस » -
जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन
विकल्प न्यूज\बेनीजेठ २ गते । म्याग्दी- सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ । स्थापना भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र लामाखेतमा भवन बनाएर प्रशासनिक र विषयगत शाखाको एकीकृत सेवा प्रवाह थालेको हो । ‘कर्मचारी आवास तथा स्टोर’का लागि निर्माण गरिएको भवनबाट एकीकृत रूपमा सेवा सञ्चालन गरिएको…
पुरा पढ्नुहोस » -
पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या
विकल्प न्यूज\बेनीजेठ २ गते । चार हजार ६०० को उचाई रहेको नेपाल–चीन सीमास्थित कोरोला नाकाबाट देखिएको नेपालतर्फको दृश्य । तस्बिरः धर्मेन्द्र झा/रासस गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको…
पुरा पढ्नुहोस » -
म्याग्दीमा पुर्व जनमुक्ती सेना नेपाल गठन
बेनी, ३० वैशाख । म्याग्दीमा पुर्व जनमुक्ति सेनाहरु आवद्ध भएर संस्था गठन गरेका छन् । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा वि.स. २०५२ देखि २०६२ सम्म नेपालमा सञ्चालन भएको जनयुद्धमा जनमुक्ती सेनामा रहेकाहरुको मंगलबार बेनीमा भएको भेलाले संस्था र तदर्थ समिति गठन गरेका हुन् । पूर्णबहादुर पुन (अशिम)को अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा भुपेन्द्र…
पुरा पढ्नुहोस » -
बिना अक्सिजन धौलागिरिको चुचुरोमा पुगे पाकिस्तानी आरोही
ठाकुरप्रसाद आचार्य /बेनीम्याग्दी,बैशाख ३० गते । पाकिस्तानी पर्वतारोही साजिद अली सदपाराले बिना अक्सिजन संसारको सातौं हिमाल ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गर्नुभएको छ । धौलागिरि हिमाल म्याग्दीको धबलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ ।हिमाल आरोहणका क्षेत्रमा चर्चित सदपाराले बिना अक्सिजन र सहयोगीको सहायता नलिइकन गत शनिबार धौलागिरिको सफल आरोहण…
पुरा पढ्नुहोस »