म्याग्दीका दुई वटा सडक योजनाको बहुबर्षीय ठेक्का आव्हान
प्रदेश सरकारले चालु आर्थिक वर्षमा हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा रु. पाँच करोड बजेट सम्मका एक\एक वटा सडक पूर्वाधारका योजनालाई बहुबर्षीय ठेक्का लगाउने नीति लिएको छ ।
जस अनुसार म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य माननीय हरि भण्डारीको सिफारिसमा रघुगंगा गाउँपालिकाको जैसीखोर–खहरेखोला–रिसिनचौतारी–
म्याग्दीका छ वटा मध्य पाँच वटा स्थानीय तह जोड्ने राहुघाट–म्याग्दी चक्रपथ योजनाको अवधारणा अनुसार बिम–मराङ–मल्कवाङ–पाखापानी सडक योजना अघि बढाइएको हो । योजना मार्फत सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ग्रेड सुधार र अप्ठ्यारो ठाउँमा ढलान गरिने भएको छ ।
चालु आर्थिक वर्षमा रु. एक÷एक करोड बजेट बिनियोजन भएको यी आयोजनाहरुका लागि प्रदेश सरकारले रु. पाँच करोड स्रोत सुनिश्चितता गरेको छ । यसैगरी म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा पखेर–सिम जोड्ने बेलिब्रिज निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउने स्रोत सुनिश्चितता भएको छ । पूर्वाधार विकास कार्यालयले फापरखेत पहिरोको विकल्पमा बेलिब्रिज बनाउन केही दिनमै ठेक्का आव्हानको तयारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्