सांसद बनेपछि पनि किताब बेच्दै महावीर पुन, पोखरामा विवादित भिडियो भाइरल
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. महावीर पुन पोखरामा आफ्नै पुस्तक बेच्दै देखिएका छन्। पोखराको पृथ्वीचोक र महेन्द्रपुल क्षेत्रमा उनले हस्ताक्षर गरेर पुस्तक बिक्री गरिरहँदा एक व्यक्तिसँग भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस विषयले थप चर्चा पाएको छ।
म्याग्दीबाट लोकप्रिय मतका साथ चुनाव जितेका पूर्वशिक्षामन्त्री पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागिरहेकको छ ।
पुनले २२ हजार ८५० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१० मत ल्याएका थिए । नेपाली कांग्रेसका कर्णबहादर भण्डारीले ६ हजार ६७६ मत ल्याएका थिए ।
चुनाव जितेर पोखरामा किताब बेचिरहेका महावीरको एक व्यक्तिसँग विवाद भइरहेको एउटा भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । हस्ताक्षर गर्दै किताब बेचिरहेका महावीरलाई जनताले जिताएको किताब बेच्न हो भनेर ती व्यक्तिले प्रश्न गरेका छन् ।
जनताले प्रत्यक्ष मत दिएर जिताएको मान्छेको काम किताब बेच्ने नभएको बताउँदै ती व्यक्ति र महावीरबीच विवाद बढेको देखिन्छ । ‘तपाईंको काम यो होइन । कारखाना चलाउने मान्छे सांसद किन भएको त रु जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो रु’ महावीरलाई उनले प्रश्न सोधेका छन्, ‘तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेड दिएका छन्, त्यही गर्नु न ।’
जनताले कारखाना चलाउन म्यान्डेड दिएको महावीरले जवाफ फर्काए । उनलाई फेरि ती व्यक्तिले प्रश्न गर्छन्, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त रु’ पृथ्वीचोकमा महावीरसँग नोकझोंक चलेको देखिन्छ । धकेलिएको भन्दै केहीबेर भनाभन भएको भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल छ ।
म्याग्दीका जनताले जिताएर नीति निर्माणको तहमा पठाएका सांसद महावीर फेरि किन किताब बेचिरहेका छन् त रु हामीले महावीरलाई प्रश्न गरेका थियौं । महावीरले आफ्नो फुर्सद भएर किताब बेचेको जवाफ दिएका छन् ।
https://www.facebook.com/reel/772695032218290/?s=single_unit
प्रतिक्रिया राख्नुहोस्