म्याग्दीको एउटा मतदानस्थल नजिक आगलागी
ठाकुरप्रसाद आचार्य
म्याग्दी,फागुन २० गते ।
म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ स्थित अमरज्योती मावि मतदानस्थल नजिक आगलागी भएको छ । आगलागी मतदानस्थल रहेको विद्यालय भवन नजिक आएको छ ।मतदान केन्द्र रहेको विद्यालयको पछाडी तर्फको भिरमा साढे ९ बजे देखि आगलागि भएको मतदान अधिकृत सम्झना केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भिरमा लागेका आगलागी निभाउन निर्वाचनमा खटिएका सुरक्षाकर्मी,कर्मचारी र स्थानीयहरु जुटेका छन् । तर अहिले सम्म आगलागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा नआए मतदानस्थल जोखिममा पर्ने उहाँले बताउनुभयो ।
मतदान केन्द्रको पछाडी भिरमा ठूलो आगलागी भएको छ, उहाँले भन्नुभयो,‘‘आगलागीका कारण निर्वाचन सामग्री नष्ट नहोस् भनेर निर्वाचन सामग्रीहरु सुरक्षित स्थानमा सारिएको छ । हामी कर्मचारीहरु अहिले खुल्ला चौरमा बसेका छौं । मतदान केन्द्र नजिक आगो लागेको जानकारी जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयलाई गराएका छौं ।’’
मतदानस्थल नजिक लागेको आगलागी । तस्बिर ः सौजन्य सम्झना केसी

प्रतिक्रिया राख्नुहोस्