एमाले उम्मेदवार ः सादगीपूर्ण जीवनशैली,स्पष्ट दृष्टिकोण
नेकपा एमाले म्याग्दीका उम्मेदवार सरल, सादगीपूर्ण र सहज स्वभावका नेताका रूपमा परिचित हुनुहुन्छ । बेनी बजारको सम्पन्न परिवारबाट कम्युनिष्ट आन्दोलनमा होमिनुभएका उहाँमा धन–दौलतको कुनै घमण्ड देखिँदैन। श्रेष्ठको परिवार परिश्रममा विश्वास गर्दछ । सामान्य जीवनशैली, विनम्र व्यवहार र जनतासँगको आत्मीय सम्बन्ध नै उम्मेदवार श्रेष्ठको वास्तविक पहिचान हो ।
अध्ययनशील स्वभाव, विषयवस्तुमा स्पष्ट धारणा राख्ने क्षमता र तार्किक प्रस्तुतिले उहाँलाई फरक बनाएको छ। चुनावी अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेण्डा राख्ने उहाँको शैलीले धेरैको ध्यान खिचेको छ।
दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका उहाँ यसपटक अझ परिपक्क योजना र स्पष्ट दृष्टिकोणका साथ मतदातामाझ पुग्नुभएको छ। सादगी र स्पष्टताको संयोजनले उहाँलाई भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित गरिरहेको देखिन्छ।
प्रतिक्रिया राख्नुहोस्