बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख
ठाकुरप्रसाद आचार्य
म्याग्दी,असार १० गते ।

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार बेनीमा १७ औं नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चालु तर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ १६ करोड ८६ लाख ९७ हजार रुपियाँ प्रस्ताव गरिएको छ ।
#ADD

बजेटमा संघीय समानीकरण अनुदान ११ करोड ६३ लाख,संघीय राजश्व बाँडफाँड ९ करोड १३ लाख २० हजार,गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार,संघीय सर्शत कार्यक्रम ३७ करोड ४२ लाख,गण्डकी प्रदेश सरकार सर्शत÷विशेष अनुदान एक करोड २ लाख,संघीय सरकार समपुरक अनुदान ६५ लाख रुपियाँ बजेटमा समावेश गरिएको छ ।

यस्तै, संघीय सरकार विशेष अनुदान ६९ लाख,आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार,मालपोत रजिष्ट्रेशन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन वाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ ।
नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जानकारी दिनुभयो ।
आर्थिक विकास तर्फ नगरस्तरीय योजनाहरुका लागि एक करोड ६७ लाख र वडास्तरीय योजनाहरुका लागि ५९ लागि ५० हजार गरी जम्मा एक करोड ७ लाख ५० हजार रुपियाँ बिनियोजन गरिएको छ ।
#ADD

कृषि उपजको उचित मुल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली संचालन गर्नका लागि बेनी नगरपालिका ८ पीपलचोकमा कृषि उपज संकलन केन्द्र निर्माणका लागि ६० लाख, उत्पादनमा आधारित अनुदानका लागि दश लाख,मागमा आधारित फलफूल बगैचा व्यवस्थापन कार्यक्रम संचालन गर्न ५ लाख पचास हजार बिनियोजन गरिएको छ ।

कृषि क्षेत्रको विकासका लागि सर्शत तर्फका कार्यक्रम बाहेक बेनी नगरपालिकाको कार्यालय तथा वडाबाट संचालन हुने गरी विभिन्न कार्यक्रमहरु अगाडी बढाउन ४२ लाख ५० हजार रुपियाँ बिनियोजन गरिएको छ ।
पशुपंन्छी विकासका लागि १४ लाख ५० हजार,औषधि तथा खोप खरिदका लागि ८ लाख र पशुपन्छी विकासका लागि कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट कार्यन्वयन हुनेगरी सशर्त कार्यक्रम बाहेक ४० लाख रुपियाँ बिनियोजन गरिएको छ ।
यसैगरी, खानेपानी तर्फका विभिन्न योजनाहरुका लागि ४३ लाख,संघ सरकारको विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने गरी वडा नम्बर ५ र ६ पुलाचौर–पुरुण्डी नेपाने खानेपानी योजनाका लागि ६९ लाख विनियोजन गरिएको छ । पानी र सिँचाईका स्रोतको संरक्षण,सदुपयोग र दिगो व्यवस्थापनका लागि सिँचाई व्यवस्थापन गर्न २० लाख रुपियाँ बिनियोजन गरिएको छ ।
#ADD

लघुउद्यम विकास कार्यक्रम संचालनका लागि १८ लाख रुपियाँ बिनियोजन गरिएको छ । गलेश्वर क्षेत्रको सौन्दर्यता वृद्धिका लागि ३० लाख,वडा नम्बर ७ मा शान्तिपार्क स्थापनाका लागि २५ लाख,लभ्लिहिल पर्यटन प्रवर्धनका लागि २५ लाख बिनियोजन गरिएको छ ।
बेनी नगरले रोजगार प्रवर्धनका लागि दश लाख ५४ हजार,माध्यमिक तहको अध्ययन सकेका युवालाई मोबाइल,ब्युटिसियन,बुटिक,प्लम्बिङ,इलेट्रिसियन,बेकरी,बेटर जस्ता सीपमुलक कार्यक्रमहरु संचालनका लागि ११ लाख रुपियाँ बिनियोजन गरिएको छ ।
शिक्षा तथा खेलकुद तर्फ बेनी नगरपालिकाले दुई करोड ३० लाख ७५ हजार रुपियाँ बिनियोजन गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि १४ लाख,स्वस्थ्य क्षेत्रमा नगरस्तरीय कार्यक्रमका लागि ४५ लाख र वडास्तरीय कार्यक्रमका लागि २७ लाख ५० हजार गरी ७२ लाख ५० हजार विनियोजन गरिएको छ ।
आमा समुह सँग उपमेयर कार्यक्रम संचालनका लागि ६९ लाख ५० हजार बिनियोजन गरिएको छ । पूर्वाधार विकासका लागि १४ करोड ७ लाख रुपियाँ विनियोजन गरिएको छ ।
वन,वातावरण तथा विपद् व्यवस्थापन तर्फ नगरस्तरीय कार्यक्रमका लागि एक करोड तथा वडास्तरीय कार्यक्रमका लागि २५ लाख ५० हजार रुपियाँ बिनियोजन गरिएको छ । सुशासन तथा संस्थागत विकास तर्फ १२ करोड ६८ लाख बिनियोजन गरिएको छ ।
#ADD

नगरप्रमुख केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख लामिछानेले पेश गर्नुभएको बजेट छलफल पछि पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
बेनी नगरपालिका बजेट २०८२/८३ – सारांश
- 🔹 कुल बजेट: ७१ करोड ८० लाख २७ हजार रुपैयाँ प्रस्ताव
- 🔹 चालु खर्च: ५४ करोड ९३ लाख ३० हजार
- 🔹 पूँजीगत खर्च: १६ करोड ८६ लाख ९७ हजार
🏛 राजस्व स्रोतहरू
- संघीय समानीकरण अनुदान: ११ करोड ६३ लाख
- संघीय राजस्व बाँडफाँड: ९ करोड १३ लाख २० हजार
- गण्डकी प्रदेश अनुदान: १ करोड ५८ लाख ८६ हजार
- सवारी कर बाँडफाँड: १ करोड ८९ लाख ५३ हजार
- संघीय सशर्त कार्यक्रम: ३७ करोड ४२ लाख
- आन्तरिक आम्दानी: ४ करोड ३३ लाख ५० हजार
- अन्य श्रोतहरू (विशेष, सशर्त, समपुरक, बाँडफाँड): समावेश
🌾 कृषि तथा पशुपालन
- कृषि उपज संकलन केन्द्र निर्माण (पीपलचोक): ६० लाख
- उत्पादनमा आधारित अनुदान: १० लाख
- फलफूल बगैचा कार्यक्रम: ५.५ लाख
- कुल कृषि कार्यक्रम (सशर्त बाहेक): ४२.५ लाख
- पशुपालन/औषधि/खोप खरिद: ८ लाख
- पशुपंन्छी कार्यक्रम (सशर्त बाहेक): ४० लाख
🚰 खानेपानी तथा सिँचाइ
- विभिन्न खानेपानी योजनाहरू: ४३ लाख
- पुलाचौर–पुरुण्डी नेपाने योजना: ६९ लाख
- सिँचाइ व्यवस्थापन: २० लाख
🧵 रोजगारी तथा सीपमूलक तालिम
- लघुउद्यम प्रवर्धन: १८ लाख
- युवाका लागि सीपमूलक कार्यक्रम: ११ लाख
- रोजगार प्रवर्धन: १०.५४ लाख
🏫 शिक्षा, स्वास्थ्य र खेलकुद
- शिक्षा तथा खेलकुद: २ करोड ३० लाख ७५ हजार
- ज्येष्ठ नागरिक स्वास्थ्य सेवा: १४ लाख
- स्वास्थ्य कार्यक्रम (नगर + वडा): ७२.५ लाख
- आमा समूहसँग उपमेयर कार्यक्रम: ६९.५ लाख
🏗 पूर्वाधार तथा विकास
- कुल पूर्वाधार बजेट: १४ करोड ७ लाख
- गलेश्वर सौन्दर्यीकरण: ३० लाख
- शान्तिपार्क स्थापन (वडा ७): २५ लाख
- लभ्लिहिल पर्यटन प्रवर्धन: २५ लाख
🌿 वन, वातावरण तथा सुशासन
- वन/वातावरण/विपद् कार्यक्रम: १ करोड २५ लाख ५० हजार
- सुशासन तथा संस्थागत विकास: १२ करोड ६८ लाख
✅ बजेट पारित अवस्था
- उपप्रमुख ज्योति लामिछानेले बजेट प्रस्तुत
- प्रमुख सुरत केसीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
- छलफलपछि बजेट पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको जानकारी
प्रतिक्रिया राख्नुहोस्