म्याग्दी मिस एण्ड मिस्टरको ग्राण्ड फिनाले सुरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी
पुस २१ गते । 
म्याग्दीमा पहिलोपटक आयोजना गरिएको म्याग्दी मिस एण्ड मिस्टर म्याग्दी मोडेलको ग्राण्ड फिनाले सुरु भएको छ । किङस्टर क्रियसन प्रा.लिले प्रतियोगिता आयोजना गरेको हो । 
शनिवार विहान ११ बजे देखि कालिपुल स्थित कर्भड हलमा सुरु भएको फिनालेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । 
१५ प्रतिस्पर्धीहरु रहेको प्रतियोगितामा प्रतियोगीहरुले आ–आफ्नो कला प्रस्तुती गरिरहेका छन् । १२ जना युवती र ३ जना युवाहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै मयेर श्रेष्ठले म्याग्दीमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले युवायुवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने अवसर मिलेको बताउनुभयो ।
विजेताले पचास हजार रुपियाँ नगद प्राप्त गर्ने किङस्टर क्रियसनका प्रदिप बोहोराले बताउनुभयो । अवको केही घण्टामा नै म्याग्दीले पहिलोटपटक मिस एण्ड मिस्टर म्याग्दी मोडेल पाउने उहाँले बताउनुभयो । 



प्रतिक्रिया राख्नुहोस्