मोना कतारद्धारा खत्री सम्मानित

विकल्प न्यूज/कतार
पुस २२ गते ।
‘प्रवासी म्याग्देली दृस्टी, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, रास्ट्रिय कार्यकारी समिति कतार (मोना कतार)ले सस्थाका भूतपूर्व उपाध्यक्ष तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्रीलाई बुधबार साझ एक कार्यक्रमका बीच सम्मान तथा बिदाइ गरेको छ । 15909286_10154912042038599_1748244390_oकतारमा रहँदा समाजिक क्षेत्रमा उहाँले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको मोना कतारले जनाएको छ ।
रोजगारीको सिलसिलामा बिगत लामो समय देखि कतारमा कार्यरत खत्री कतारको बसाइलाई बिट मार्दै बिहिबार राति नै स्वदेश फर्कन फर्कनु भएको छ ।
मोना आइइसी उपाध्यक्ष बालकृष्ण खत्रीको प्रमुख प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मोना कतारका भूतपूर्व अध्यक्ष तथा मोना आइ.इ.सी.का क्षेत्रीय सचिव रेशम शाही सस्थापक अध्यक्ष तथा संरक्षक प्रेम रसाइली, सरक्षक बिक्रम कार्की, प्रमुख सल्लाहकार नन्द प्रसाद गर्बुजा विशेष अतिथिमा रहनु भएको थियो । 15934289_10154912042048599_231618983_oकार्यक्रममा सस्थाका कार्यसमितिका पदाधिकारीका साथै म्याग्देलीहरुको बाक्लो उपस्थिति रहेको थियो । कतारको साना मार्केट स्थित वेलकम डाइन रेस्टुरेन्टमा आयोजित कार्यक्रम सस्थाका उपाध्यक्ष बालकृष्ण आचार्यको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख सल्लाहकार गर्बुजाले साँस्कृतिक, खेलकुद वा कार्यसमितिमा होस् जहाँपनि जहिल्यै पनि जुनसुकै कार्य गर्न तत्पर देखिने आफनो एक पुरानो सहयात्रीलाई बिदाइ गरि रहँदा पीडाबोध भएको भन्दै जिबन यति मै नसकिने हुँदा बाँकी जिबन र यात्रा सफल होस् भन्ने शुभकामना दिनु भयो ।
देश फरक भएपनि मन सधै एक भईरहने र जहाँ भएपनि सहकार्य नटुट्ने विस्वास सस्थाका संरक्षक बिक्रम कार्कीले व्यक्त गर्नु भयो । कार्यक्रममा सस्थाका सल्लाहकार रमेश पौडेलले संचारको यो जमानामा ज्यान टाढा हुने भयो तर याद र सहकार्य गरेका अतित कहिले पनि अतित नबनोस सधै ताजा बनि रहोस र यात्रा सुखद रहोस् भन्ने कामना गर्दछु भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

मोना कतारका भुतपुर्व अध्यक्ष तथा क्षेत्रीय सचिव रेशम शाहीले हिजोका दिनमा आफुलाई सस्थामा डोराउदै ल्याउने पथ प्रदर्शकलाई आज आफैले सस्थाबाट बिदाई गर्नुपर्दा पीडाबोध भएपनि यो एउटा अकाट्य सत्य हो कि हामि सबैले यो देशलाई ढिलो चाडो छाड्नु पर्ने हँुदा जहाँ रहेपनि सामाजिक कार्यमा जोडी रहन आग्रह गर्दै सुखद यात्राको शुभकामना व्यक्त गर्नु भयो ।

कतारमा रहदा आफनो गा.वि.स.को सस्थामा अध्यक्ष जस्तो पदमा बसी सकेका व्यक्तिलाई यस सस्थाले त्यो बेला पाउनु नै आफैमा धेरै ठुलो उपलब्धि थियो मोना कतारका संस्थापक अध्यक्ष तथा संरक्षक रसाइलीको भनाइ थियो ।
संस्थामा आवद्ध भएको दिनदेखि आजसम्म अनवरत सहयात्रा गर्न पाउदा आफु खुसि रहेको बताउदै आफुले सिकेको सिप र ज्ञान गाउमा गएर पनि बाड्न र सामाजिक कामको सामिप्यतामा रहन आग्रह गर्दै बाँकी जिवन र यात्रा सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

छोटो समयको अवधिमा यसरि भव्य कार्यक्रमको आयोजना गरि सम्मान गर्नु भएकोमा संस्था प्रति आफु सधै ऋणी भएको आफुलाई यो देशको कानुन र कम्पनीले आफु भित्रको खोया बनाउन खोजेको र त्यसको प्रतिकार गर्दा आफुले फल पाएको हँुदा जिवनमा सकेसम्म विदेश नपस्ने र पुनः विदेश पस्नु परेमा पहिलो गन्तव्य कतारलाई बनाउने उद्घोष गर्दै आफ्नै देशमा र जिल्लामा रहेर जिविको पार्जन गर्ने र मोना कतारसंग सधै नजिक रहने प्रतिवद्धता खत्रिले व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा बोल्दै सभापति शाहीले बिगतका दिनहरुलाई स्मरण गर्दै कतारमा मात्र नभएर आफ्नो गाउ पनि एकै भएको हुँदा सहकार्य कहिले पनि नटुट्ने विस्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सभ्य एवम भव्य रुपमा सफल बनाउनका लागि उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमलाइ सस्थाका कार्यवाहक अध्यक्ष किरण शाहीले सभापतित्व गर्नु भएको थियो । भने सस्थाका महासचिव तिलु शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।