क्रिसमसको अवसरमा मोना पोर्चुगलद्धारा सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/पोर्चुगल
पुस १० गते ।
म्याग्दी प्रवासी संघ (मोना पोर्चुगल) ले क्रिसमसका अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । पेशा व्यवसाय र रोजगारीको शिलशिलामा म्याग्दीबाट पोर्चुगल पुगेका म्याग्देलीहरुको संस्था मोना पोर्चुगलले क्रिसमसका अवसरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । 15749899_1618924654791725_562784022_nपोर्चुगलको राजधानी लिस्बोनमा मोना पोर्चुगल द्वारा डिसेम्बर २४ तारिकका दिन भब्य क्रिसमस पार्टीको धमाका सिजन ३ को आयोजना गरेको सल्लाहकार सुर्य भट्चनले जानकारी दिनुभयो । पोर्चुगको पुरानो संस्थाका रुपमा परिचित मोना पोर्चुगलले बिगत ३ वर्ष देखि लगातार क्रिसमसको अबसरमा डान्स पार्टिको आयोजना गर्दै आइरहेको छ ।
मनोरन्जनका लागि हरेक बर्ष आयोजना गरिदै आएको यो डान्स पार्टी बिशेष गरि पोर्चुगलमा बसोवास गर्ने नेपाली तन्नेरीहरुलाई मध्यनजर गरेर आयोजना गरिदै आएको मोना पोर्चुगलका सल्लाहकार सुर्य भट्टचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्रिसमसको बेलुका ८ बजे देखि शुरु भै बिहान ३ बजे सम्म पार्टी चलेको थियो । प्रति व्यक्ति प्रवेश शुल्क १० युरो तोकिएको थियो । उक्र पार्टीबाट संकलन भएको आर्थिक म्याग्दीको सामाजिक सेवामा लगाइने मोना पोर्चुगलका सल्लाहकार भट्चनले बताउनुभयो । सांस्कृति कार्यक्रममा म्याग्देली लगायत करिव चारपाँचसय जनाको उपस्थिति रहेको मोना पोर्चुगलले जनाएको छ ।मोना पोर्चुगलले म्याग्दीको सामाजिक क्षेत्रमा ठूलो योगदान गर्दै आएको छ ।