मोना कतारद्धारा पहिरो पीडित र विरामीको उपचारका लागि सहयोग

विकल्प न्यूज/बेनी
कार्तिक ८ गते ।
प्रवासीहरुले म्याग्दीका बाढी पहिरोपीडित र बिरामीको उपचारका लागि सोमबार एकलाख २१ हजार दुइ सय ३७ रुपियाँ सहयोग उपलब्ध गराएका छन् । रोजगारीको शिलशिलामा कतार पुगेका म्याग्देलीहरुले संकलन गरेको सो रकम ओमकुमारी शान्तिकोष मार्फत सम्बन्धित पीडितहरुलाई हस्तान्तरण गरिने छ ।dsc02553सोमबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आयोजना गरेको कार्यक्रममा देविस्थानका पहिरोपीडितलाई १० हजार,मृगौला रोगबाट पीडित इन्द्रा खत्रिको उपचारका लागि ३३ हजार ५३ रुपियाँ र मालिग्रान्ट क्यान्सरबाट पीडित बनेका बेनपा ११ का अविनाश वानियाँको उपचारका लागि ७८ हजार एकसय ८४ रुपियाँ मोना कतारका पूर्व अध्यक्ष रेशम शाही र महासचिव तिलु शर्मा पौडेलले संयुक्त रुपमा ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुनमगरलाई हस्तान्तरण गर्नुभएको हो ।

ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको सञ्चालनमा भएको कार्यक्रमा मोना कतारका पूर्व अध्यक्ष शाहीलाई स्वागत एवम् सम्मान समेत गरिएको थियो ।