हङकङमा रहेका म्याग्देलीद्वारा विद्यालयलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ७ कात्तिक ।
म्याग्दीको दुर्गम मुदी गाविस– ३ नाउरामा रहेको रनजनज्वती प्राविलाई हङकङमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

गरिब तथा विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने समुदायस्तरबाट सञ्चालित उक्त विद्यालयलाई मोना हङकङको संयोजनमा मोना हङकङ महिला विभागले दुई लाखभन्दा बढी सहयोग गरेको हो ।

तीजका अवसरमा हङकङमा आयोजित कार्यक्रम मार्फत सङ्कलन गरिएको दुई लाख १२ हजार ४१५ रुपैया विद्यालयलाई उपलब्ध गराइएको छ । मोना हङकङ, साँस्कृतिक विभाग उपसंयोजक अनिता थापा, पूर्वअध्यक्ष तुल्मराज राम्जाली र कार्यसमिति सदस्य घन रानाले गाउँमै पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज रोकालाई रकम हस्तान्तरण गर्नुभएको थियो ।mona-hongkong-ko-support-10सो अवसरमा मोना हङकङका पूर्वअध्यक्ष राम्जालीले दुर्गम बस्तीमा समुदायबाट सञ्चालित बालबालिकाको सहज अध्ययनका लागि उक्त सहयोग गरिएको बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हने सरकारी तवरबाट कुनै पनि सहयोग नपाएको सो विद्यालयका सम्बन्धमा समाचार प्रकाशनप्रशारण भएपछि मोना महिला विभागले सो सहयोग सङ्कलन गरेको थियो ।