बेनीमा शान्ति समाजको राष्ट्रिय परिषद् बैठक सुरु

विकल्प /म्याग्दी
मंसिर ४ गते । मानव अधिकार तथा शान्ति समाजको १८ औ राष्ट्रिय परिषद् बैठक बेनीमा भर्खर सुरु भएको छ ।

बेनीको जिविस सभाहलमा पञ्ककन्याद्धारा बैठकको उद्घाट गरीएको छ ।
बैठकमा देशभरबाट आएका शान्ति समाजका प्रतिनिधिहरुको उपस्थित रहेको छ ।

DSC06486
४० जिल्लाका दुई सय जना प्रतिनिधिहरुको सहभागिता रहेको शान्ति समाज म्याग्दीका सभापति मुक्ति ढुङगनाले जानकारी दिनुभयो ।
बैठकको उद्घाटन कार्यक्रममा मानव अधिकारबादी नेता कृष्ण पहाडी प्रमुख बक्ता हुनुहुन्छ ।

यसका साथै नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, एमालेका थममाया थापा, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक, लोककवी अर्जुन पराजुली लगायतको पनि उद्घाटन कार्यक्रममा सहभागिता रहेको म्याग्दी शाखाका उपसभापति ठाकुरप्रसाद शर्माले बताउनुभयो ।DSC06490

 

बैठकले संस्थाको प्रगति र आर्थिक प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी वर्षको कार्ययोजना तयार गर्नेछ । DSC06502

 

अहिंसा, राष्ट्रिय स्वाभिमान एकता, सद्भाव र आत्मसम्मान, नयाँ संबिधानको उपलब्ध, राहत अभियान, राष्ट्रिय स्वमसेवक परिचालन, नाकाबन्दी मानवता विरुद्धको अपराधको रुपमा अभियान चलाउने प्रस्तावका साथै र जीवनको अधिकारप्रति संवेदनशिल बन्न आग्रह गर्ने जनाइएको छ ।

यसैगरी शनिबार बिहान गलेश्वरमा शान्ति पदयात्रा गर्ने कार्यक्रम छ । बैठकको शनिबार गलेश्वर स्थित सत्संग भवनमा बन्दसत्र हुने जनाइएको छ । ठाकुरप्रसाद आचार्य