प्रवासीद्धारा दुई लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ कात्तिक ।
प्रवासीहरुले म्याग्दीका बाढी पहिरो पीडित, प्रवासमा ज्यान गुमाएकाको आफन्त, बालक्लब र बिरामीको उपचारका लागि शुक्रबार दुई लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् ।
परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आयोजना गरेको कार्यक्रममा बहराईन, कतार र दुवईबाट प्राप्त भएको दुई लाख ६ हजार १५६ रुपैया बराबरको नगद तथा जिन्सी सामाग्री सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।

म्याग्दी उद्दार समिति बहराईनले बेगखोलाका बाढी पिडितलाई ६० हजार, बादुक पहिरो पिडितलाई ३६ हजार एक सय र देविस्थानका पहिरो पिडितलाई १५ हजार रुपैया उपलब्ध गराएको छ ।bal-club-lai-computer-diyakoसमितिका सल्लाहकार भरत रत्न र आजिवन सदस्य यामकुमार रानाले बेगखोला बाढीपहिरो पिडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद सिङ्जाली तथा देविस्थानका पहिरो पिडितका आफन्त सुर्यलाई पुर्जालाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
समितिका अध्यक्ष राजाराज सुवेदीको नेतृत्वमा बहराईनमा संकलित रकम बेगखोला १२ परिवार बाढी पिडित र देविस्थानका ३ घरधुरी पहिरो पिडितलाई पाँचपाँच हजार रुपैयाका दरले उपलब्ध गराइएको सल्लाहकार रत्नले बताउनुभयो ।dubai-bata-aayako-paisa-devisthin-ko-pahairo-pidit-lai-diyakoविभिन्न मानविय र विपद्को अवस्थामा सहयोग गर्दै आएको समितिले यसअघि जिल्ला अस्पतालमा बिरामी कुरुवा कक्ष र सिंगा तातोपानी कुण्ड परिसरमा विश्राम भवन निर्माण निर्माण गरेको थियो ।

यसैगरी कतारमा हृदयघात भई दिवंगत भएका बेनपा १३ सोताका दिलबहादुर घर्तीका परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले ४८ हजार ५०० रुपैया सहयोग गरेको छ । मोनाका क्षेत्रीय उपाध्यक्ष बालकृष्ण खत्री, निवर्तमान अध्यक्ष गणेश श्रेष्ठ र भोजबहादुर खत्रीले घर्तीका आफन्त सामना पुरीलाई रकम उपलब्ध गराउनुभयो ।indra-khatri-ko-lagi-aayako-paisa-hastatantranमोना कतारले यसअघि घर्तीका परिवारलाई एक लाख ९१ हजार रुपैयाँ सहयोग गरेका थिए । मोना कतारका निवर्तमान अध्यक्ष श्रेष्ठ र पुर्व अध्यक्ष बिक्रम कार्कीले बेनपा ५ डम्मरामा रहेको सिर्जनशिल बालकल्वलाई २२ हजार रुपैया मूल्य पर्ने एक थान डेक्सटप कम्प्युटर सहयोग गर्नुभएको छ ।myagdi-uddar-samitee-baharayanश्रेष्ठले क्लबका प्रमुख संरक्षक कृष्णबहादुर बानियालाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । यसैगरी बेनपा ५ जरबुटा माईत र ताकम ४ घर भएकी मृगौला रोगी ईन्द्रा खत्रीको उपचारका लागि कतारमा रहेका ताकम ९ काफलडाँडाका युवाहरुले १४ हजार ५५६ रुपैया सहयोग गरेका छन् ।

मोना कतारका उपाध्यक्ष बालकृष्ण आचार्यको पहलमा संकलीत रकम पत्रकार सन्तोष गौतम मार्फत खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन अभियान सञ्चालन गरेको शान्ति कोषलाई उपलब्ध गराइएको थियो ।katar-ma-dibangat-bhayaka-ko-aafanta-lai-rahatकतारमा रहेका काफलडाँडाका युवाहरुले यसअघि काफलडाँडामा मोटरबाटो पु¥याउन दुई लाख, बिजुली बनाउन खिमबहादुर मगरको पहलमा ३५ हजार र आँखा देख्न नसक्ने भएपछि कतारबाट कम्पनीद्धारा घर फर्काइएका देविस्थानका सुकबहादुर बिकलाई पाँच हजार रुपैया सहयोग गरेका थिए ।

यसैगरी देविस्थानका पहिरो पिडित दुई घर परिवारलाई मोना दुवईले दश हजार रुपैया सहयोग गरेको छ । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, सचिव लोकेश पुनमगरको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा सम्पन्न सो कार्यक्रममा कोषले प्रवासीहरुलाई स्वागत तथा सम्मान समेत गरेको थियो ।