गाउँको विकासमा सघाउँदै प्रवासी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १ कात्तिक ।
प्रवासमा रहेका म्याग्दीको मराङ ३ कल्लेनीका युवाहरुले आफ्नो गाउँको विकासमा सघाउन थालेका छन् ।

रोजगारी, शिक्षा, पेशा, ब्यवसायका लागि विश्वका विभिन्न देशमा पुगेका कल्लेनीका युवाहरु गाउँको पुर्वाधार, पर्यटन, शिक्षाको विकास र संस्कृती संरक्षणमा सहयोगी बनेका हुन् ।
जन्मथलोमा सामुदायीक भवन निर्माणका लागि हाल अस्टे«लीयामा रहनुभएका दिपक भण्डारीले दुई लाख १० हजार ११० रुपैयाँ सहयोग गर्नुभएको छ । दसै मनाउन जन्मगाउँ आउनुभएका भण्डारीले आफ्नो व्यक्तिगतका साथै प्रवासमा साथिहरुबाट संकलन गरेको सो रकम एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभयो । kallani-deepak-bhandari-help-1वडा नागरिक मञ्चका संयोजक खगिन पुनको अध्यक्षता र कल्लेनी प्राबिका प्रअ भेषनाथ गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा मन्तब्य व्यक्त गर्दै दिपक र उहाँका बुवा तोरणबहादुर भण्डारीले रकमको सदुपयोग गरि गाउँको विकासमा परिचालन गर्न अनुरोध गर्नुभयो ।
कल्लेनी घर भई हाल काठमाडौ बस्नुहुने बिराज पुनले समेत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा सहयोगदाता दिपक र उहाँका परिवारलाई कल्लेनीका युवा कल्ब, आमा समूह र विद्यालयले सम्मान गरेका थिए । सो कार्यक्रममा १९ हजार २५० रुपैयाँ संकलन भएको थियो ।kallani-deepak-bhandari-help-3भण्डारी मार्फत ट्रस्ट मराङ अस्टे«लीयालाई समेत सम्मान गरिएको थियो । यसअघि सामुदायीक भवन निर्माणका लागि कल्लेनी घर भई अस्टे«लीयामा रहनुभएका रामबहादुर केसीले व्यक्तिगत रुपमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएको छ ।

यस्तै ट्रस्ट मराङ अस्टे«लीयाले कल्लेनीको मगर नौमती समूहलाई बाजा सामाग्री र पोशाक खरिद गर्न एक लाख रुपैयाँ सहयोग गरेको थियो । संकलित रकम मार्फत निर्माण सामाग्री खरिद गरि श्रमदान मार्फत सामुदायीक भवन निर्माण गरिने वडा नागरीक मञ्चका संयोजक पुनले बताउनुभयो ।