पहिरोले भत्काएको विद्यालय भवन पुन निर्माणका लागि प्रवासीहरुको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी, ३० असोज ।
पहिरोका कारण भत्कीएको म्याग्दीको भगवती–८ सिजलगाउँ स्थित अन्नपूर्ण प्राबिको कक्षाकोठा भवन पुननिर्माणका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।
पुर्व विद्यार्थीहरुको पहलमा बेलायतमा रहेका पिप्ले र भगवतीका बासिन्दाहरु आवद्ध राखु नेप्लीज क्युनीटी युकेले एक लाख ७१ ह्जार ८५ रुपैया सहयोग गरेको हो । गत साउनमा अबिरल बर्षासंगैको पहिरोका कारण विद्यालयको ४ कोठे भवन भत्कीदा पठनपाठनमा समस्या भएको थियो ।bhagwati-help-2संस्थाका उपाध्यक्ष रत्न शाही (गोपाल) र सचिब बिष्णु भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारी र प्रअ डेकबहादुर भण्डारीलाई नगद हस्तान्तरण गर्नुभएको हो । भवन पुननिर्माणका लागि संस्थाले सञ्चालन गरेको सहयोग संकलन अभियानका क्रममा ३३ जनाले सहयोग गरेका थिए ।