देविस्थानका पहिरो पीडितलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३० असोज ।
म्याग्दी समाज अमेरीकाले देविस्थानका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
भदौ तेस्रो साता बस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएकाको आफन्त र घर पुरीएर विस्थापित भएकालाई ७६ हजार रुपैयाँ उपलब्ध गराइएको हो ।

समाजले अमेरीकाबाट पठाएको रकम शनिबार मृतक ओमप्रसाद भट्टचनका परिवारलाई ४६ हजार र घर पुरीएर विस्थापित भएकी कलीमा बुढालाई ३१ हजार रुपैयाँका दरले उपलब्ध गराइएको थियो । help-hand-over-1म्याग्दी समाज अमेरीकाका प्रतिनिधी रेशम भण्डारी, स्थानीय अगुवा तमबहादुर थापा, टेकबहादुर थापा, हेम मावि स्रोत केन्द्रका स्रोत व्यक्ति गिरी छन्त्याल र धनजनता माविका प्रअ पुस्कर भण्डारीको टोलीले पहिरो पिडितलाई रकम हस्तान्तरण गर्नुभएको थियो । help-hand-overरोजगार, पेशा, ब्यवसाय र अध्ययनका लागि अमेरीका पुगेका म्याग्देलीहरु आवद्ध समाजले यसअघि बैसरीका पहिरो, बेगखोलाका बाढी पहिरो पीडितहरुलाई पनि राहत सहयोग गरेका थिए ।