म्याग्दीमा इन्टरनेट विस्तारका लागि मोना युएई ले सहयोग अभियानलाई तिव्र पार्ने

हिरा बुढाथोकी / युएई २२ असोज ।

म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएईको पाँचौ नियमित मासिक बैठक शुक्रबार दुबइको जाबेल पार्कमा सम्पन्न भएको छ । प्रदिप सुबेदीको अध्यक्षतामा संगठन भएको कार्यसमितिले मासिक रुपमा नियमित बैठक गर्दै आएको छ । बैठकबाट युएईमा रहेका म्याग्देलीको समस्या र त्यस्को बिकल्प बारे छलफल साथै आगामी दिनको कार्ययोजना तय ,बिभिन्न शिर्सकमा सुरु भएको अभियानमा सकृयता लगाएतका बिषयमा छलफल हुने गरेको अध्यक्ष सुबेदीले जानकारी गराएका छन ।mona-uae शुक्रबारको भेलाले मोनाले संचालन गरेको म्याग्दी जिल्ला फ्री वाइफाइको लागी सहयोग संकलन अभियानलाई तिब्रता दिनुको साथै मोना युएईको सदस्यता बितरण प्रकृयालाई प्राथमिकता साथ अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै म्याग्दी रुम ७ का दलमान घर्ति मगरलाई दलालले भिजिट भिषामा ल्याएर अलपत्र पारेको अवस्थामा मोना युएईको सहकार्यमा नेपाल फिर्ता पठाइएको बारे जानकारी र समिक्षा भएको बहासचिब बिक्रम अधीकारीले बताए ।

मगर ३ महिना अघी २ लाख ७५ हजार तिरेर दलालको प्रलोभनमा परी युएई आएका थिए ३ महिना सम्म बिचल्ली बनाएर दलालले वास्ता गर्न छाडेपछी समस्यामा परेका उनलाई मोना युएईको दुबईमा रहेका एजेन्ट खोताङका मोहन राइ लाई टिकट उपलब्ध गराउन दबाब दिएको थियो । बारम्बारको दबाब पछी टिकत पाएका मगरलाई संस्थाले १२ हजार खर्च सहित गत ५ अक्टोबरमा तारिख नेपाल पठाइएको थियो । उक्त कार्यमा सहयोगी भूमिका निभाएका सदस्यहरु प्रती संरक्षक सुशिल केसीले धन्यबाद ज्ञापन गरेका थिए ।

बैठकमा सहभागीहरुले दसैं तथा तिहारको शुभकामना आदनप्रदान गर्नुका साथै मोना युएईको कुनै पनि अभियानमा सहयोग पुर्याउने प्रती बद्वता ब्यक्त गरेका छन । संरक्षक सुशिल केसीको प्रमुख आतिथ्य तथा अध्यक्ष प्रदिप सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिब बिक्रम अधिकारीले गरेका थिए ।

विश्वभरी छरिएर रहेका म्याग्देलीहरु एक हौ, एकको समस्यालाई सबैको समस्यामा बाँडौ भन्ने अबधारणा लिएर मोना अन्तराष्ट्रिय समिति सँग समन्वयन गर्दै गत जुनमा युएईमा विभिन्न पेसामा रहेका म्याग्देली युबाहरुको समुहले मोना युएईको स्थापना गरेका थिए ।