मोना पर्चुगलद्धारा पहिरो पीडितलाई एक लाख भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ असोज । म्याग्दीको बेगका बाढी पहिरो पीडितहरुलाई प्रवासीहरुले एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

गत भदौमा बेगखोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित तथा घरबास बिहीन भएकाहरुका लागि प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले एक लाख एक सय रुपैयाँ सहयोग गरेको हो । यसैगरी बेनीको न्यु वेष्ट पोइन्ट आवाशिय माविका विद्यार्थीहरुले खाजा खर्च कटाएर बाढी पहिरो पीडितलाई ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।helpमोना पोर्चुगलका उपाध्यक्ष नैना पाईजाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा उपसभापति काशीराम रेग्मी, कोषाध्यक्ष नवराज पौडेल, बेग उपशाखा सभापति ओमबहादुर फगामीको रोहबरमा बेगखोला बाढी पहिरो राहत ब्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जालीलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रमको सहजिकरण रेडक्रसका शाखा अधिकृत धनञ्जयकुमार श्रेष्ठले गर्नुभएको थियो । भदौ १६ गते बेगखोलामा आएको बाढीले १२ घर बगाउनुका साथै एक जना वेपत्ता भएका थिए । यसैगरी बेगको बाँसबोट, लिस्ने, औला लगायतका ठाउँमा पनि पहिरोका कारण ३० भन्दा बढी घर विस्थापित भएका छन् ।