बेनीमा लोक तथा दोहोरी गित प्रतिष्ठानको तेस्रो अञ्चल अधिवेशन सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ असार ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको तेस्रो धौलागिरी अञ्चल अधिवेशन बुधबारदेखि बेनीमा सुरु भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले लोक तथा दोहोरी गित गायनलाई मर्यादीत, ब्यवसायीक र सम्मानीत पेशाको रुपमा स्थापित गर्न सबै कलाकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

अधिवेशनको अवसरमा लोक तथा दोहोरी गितको प्रर्वद्धन र संरक्षणमा योगदान गरेवापत बागलुङका पत्रकार दिल शिरीषलाई नगद दुई हजार सहित पुरस्कार र सम्मान गरिएको छ । DSC01848
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव समेत रहनुभएका एक दशकदेखि पत्रकारीतामा क्रियाशिल शिरीष धौलागिरी एफ एम, उज्यालो नेटवर्क, नयाँ पत्रीका लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

कार्यक्रमका अधिकांश वत्ताहरुले लोकदोहोरी गितमा भित्रीएको विकृती र छाडा संस्कृतीको अतिक्रमणलाई निरुत्साहीत गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा कलाकारहरु बद्रि प्रगेनी, शिरीष देवकोटा, पशुपती शर्मा, बिष्णु खत्री, खिपक खड्का, चोलेन्द्र पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बागलुङ, म्याग्दी र पर्वत जिल्लाका लोक तथा दोहोरी कलाकारहरुको सहभागिता रहेको अधिवेशनले प्रतिष्ठानको अञ्चल कार्यसमिति र केन्द्रिय प्रतिनिधि चयन गर्ने जनाइएको छ । उद्घाटन सत्र सकिएपछि बन्दसत्र र निर्वाचन प्रक्रिया अघि बढेको छ ।

प्रतिष्ठानका अञ्चल कार्यसमिति अध्यक्ष तारानाथ आचार्यको अध्यक्षता, सचिव कृष्ण अखेलीको सञ्चालन र रेनु केसीको स्वागतमा सम्पन्न कार्यक्रममा म्याग्दी शाखाका अध्यक्ष कृष्ण जिसी, बागलुङका अध्यक्ष किरन थापा र पर्वतका दिपक गदालले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।