उत्कृष्ट वन समूह र प्राबिधिक पुरस्कृत
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ असार ।
जिल्ला वन कार्यालयले उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरेको छ ।
वन तथा वातावरण संरक्षण, सम्र्बद्धनमा योगदान गर्ने एक जना वन प्राबिधिक र तिन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो । यस वर्ष घतान ईलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा नगद ११ हजार रुपैयाँ सहित सम्मान गरिएको सहायक जिल्ला वन अधिकृत अजयबिक्रम मानन्धरले जानकारी दिनुभयो ।
यसैगरी पात्लेखेत वाखेतको बराह पंग्रेनी, दरवाङको दोवील्ना लमसुङ र राम्चे ९ को एकराते सामुदायीक वन उपभोक्ता समूहलाई प्रथम, दितृय र तितृय पुरस्कार प्रदान गरिएको छ । सहायक वन अधिकृत मानन्धरका अनुसार प्रथम, दितृय र तितृय हुने वन समूहलाई क्रमश नगद पाँच हजार पाँच सय, तिन हजार पाँच सय र दुई हजार ८७५ रुपैयाँ पुरस्कार उपलब्ध गराइएको छ ।
प्रतिक्रिया राख्नुहोस्