दाहाल बसेको मञ्चमा ढुंगामुढाको वर्षा

अध्यक्ष दाहाल हेलिकोप्टरबाट सिधै मोहन उच्चमावि आउने कार्यक्रम थियो। तर दाहाल आउने थाहा पाएका आन्दोलनरत दलले संघीय समाजवादी फोरम नेपालका सभासद वीरेन्द्र महतोको संयोजकत्वमा एउटा कमिटी नै गठन गरेका थिए। उनीहरुले दाहाल आउनुपुर्व हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँमा टायर बाल्न सुरु गरिहाले।

सो कुरा जानकारी पाएका दाहाल दाहानमा हेलिकोप्टर ल्याण्ड गरेर दाहालबाट मिर्चैया गाडीमा आएका थिए। दाहाल आउने वित्तिकै आन्दोलरत दलले कालोझण्डा देखाउन सुरु गरे। सुरुमा कालोझण्डा देखाएका आन्दोलनरत दलले दाहाल मञ्चमा बढ्ने वित्तिकै ढुंगा मुडा वर्षाउन थाले।

संविधानको मस्यौदामा सुझाव दिन आएका सर्वसाधारण आतंकित हुने गरी आन्दोलनरत दलले विरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्यो। दुईतर्फी झडपमा डिएसपी माधव बुढाथोकीसहित सात प्रहरी घाइते भएको एसपी रामत्रिपाल साहले जानकारी दिए। विरोधी दलका कार्यकर्ताले मञ्चमा ढुंगामुढा वर्षाउन थालेपछि दाहाललाई प्रहरीले सुरक्षा ‘कवच’मा राखेको थियो। विरोधीले आक्रमण गर्न नछोडेपछि दिनभरीको कार्यक्रम लिएर आएका दाहाल करिब आधाघण्टा भाषण गरेर काठमाडौं फर्किए।

– See more at: http://nagariknews.com/main-story/story/41973.html#sthash.LjDAxTJ6.dpuf