जनैपूर्णिमा मनाउन मामाघर आएका नातीद्वारा हजुरआमाको हत्या (भिडियो)
म्याग्दीको बेनी नगरपालिका–२ खबराको दारिमपाटामा सोमबार विहान ११ बजेतिर ७४ वर्षीय मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गर्ने उनका नाती (छोरीको छोरा) अन्नपूर्ण गाउँपालिका ६ घारका २५ वर्षीय आशिष बरुवाललाई बेनीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । हत्या गरेर फरार भएका बरुवाललाई घटना घटेको एक घण्टाभित्र पक्राउ गरेको उहाँले बताउनुभयो ।
अमेरिकामा अपराधमा संलग्न भई जेल सजाय भोगेर डिपोर्ट भएपछि चार वर्ष अघि नेपाल फर्किएका नाती जनैपूर्णिमा मनाउन मामाघर आएको खुलेको छ । भदौं २२ गते विहान घर फर्कन आग्रह गर्दा विवाद बढेपछि उनले हजुरआमामाथि पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।घटनाको विस्तृत विवरण भिडियोमा हेर्नुहोस् ।
प्रतिक्रिया राख्नुहोस्