बेनी हुने रोपाई नाचमा सहभागी नहुनेलाई दुईवटा बेलाउती र एउटा केरा जरिवाना
बेनीमा गोरु नाच प्रदर्शन
विकल्प न्यूज\बेनी
भदौ ५ गते ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । शुत्रबार बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले बिहिबार साँझ गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् ।
नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपाहारलाई आग्रह गर्ने चलन छ ।
रोपाइँ नाचमा खेत रोपाइँ गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपाहारलाई सहभागी हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने चलन रहेको ल्याम्हः पूचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । गोरुसहित मुखिया बजारको चोक–चोकबाट टोलवासीलाई रोपाइँमा सहभागी हुन सूचना गर्छन् भने सहभागी नहुनेलाई एउटा केरा र दुईवटा अब्बा जरिवाना गर्ने सूचना प्रशारित गरिएको छ ।
हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर हरितालिका तीज पर्वसम्म देखाइने बर्खेनाचअन्तर्गत बेनी बजारमा लाखेनाच, घोडानाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरुनाच देखाइएको छ भने रोपाइँ नाच र धानको बाला नाच देखाउने तयारी गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्