ताजा समाचार:
Search

म्याग्दीमा सरसफाई अभियानको पाँचौ हप्ता…. (फोटोफिचर)

विकल्प न्यूज/बेनी
जेठ ८ गते ।
वास पत्रकार मञ्च नेपाल, म्याग्दीको अगुवाइमा सुरु भएको कालगण्डकी – म्याग्दी नदी वृहत सरसफाई अभियान पाँचौ हप्तामा प्रवेश गरेको छ । जेठ ८ गते शनिवार विहान खुल्ला मञ्च तल म्याग्दी खोला किनारमा सरसफाई गरिएको छ । शनिबार बुद्ध जयन्ती पनि परेकाले बौद्ध धर्मालम्बीहरु  सरसफाई अभियानमा सक्रिय भएका थिए । सरसफाई अयिभानको पाँचौ हप्ता सम्म आइपुग्दा जनसहभागिता वढ्दै जानथालेको छ ।

सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी केशव राज आचार्य,स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेल र बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदी लगायत सरकारी कर्मचारी र सर्वसाधारणहरुले निरन्तर सरसफाई अभियानमा साथ दिदै आएका छन् ।

13281706_1081050658625353_1379246911_n 13219668_1081144455282640_1097662218_n 13233354_1081050678625351_1614545243_n 13246024_1081050668625352_361568787_n 13249415_1081050681958684_1116847931_n 13275756_1081050695292016_641121165_n 13278041_1081050671958685_841173800_n 13278043_1081050685292017_1043762730_n