म्याग्दीको थामडाँडा मिनीबस दुर्घटनामा घाइतेको नामावली

IMG_2278

विकल्प
म्याग्दी कात्तिक २८ गते । म्याग्दीको बेनी नगरपालिका १३ देवीनडाँडामा शनिबार मिनीबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बराङ्जादेखि सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग१ख ५३६६ नम्बरको बस दुर्घटना हुँदा बेनपा १३ का १९ वर्षीय सुमिन थापा, बेनपा ६ का १३ वर्षीय दिप्जन पुन र बराङ्जा ९ की २० वर्षीया रमिला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

IMG_2272
घाइते हुनेहरुमा कुश्मा नगरपालिका ९ पर्वतकी २० वर्षीया अनिता श्रेष्ठ, बराङ्जा ८ का १८ वर्षीय विमल कँडेल, बराङ्जा ४ की ३ वर्षीया बालिका आयुषी सापकोटा, बराङ्जा ६ की १८ वर्षीया सीमा छन्त्याल, बेनपा ८ की ३० वर्षीया बिमला बानियाँ, बराङ्जा ४ का १९ वर्षीय विजय सापकोटा, बेनपा १३ का ४० वर्षीया लालकुमारी श्रेष्ठ, कुनपा ९ की ३० वर्षीया सीता गौतम, सोही ठाउँकी १९ महिनाकी बालिका आरजु श्रेष्ठ घाइते भएका छन् । घाईतेमध्ये २७ जना पोखरामा ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने १ जनाको समान्य उपचार पछि घर फर्किएका छन् ।
यसैगरी अन्य घाइतेहरुमा धाईरिङ ५ पर्वतकी ४३ वर्षीया सीता आचार्य, बेनपा ४ का २६ वर्षीय सवारीचालक रामकृष्ण सापकोटा, बेनपा १३ की ५४ वर्षीया देउकुमारी थापा, बराङ्जा ७ की २५ वर्षीया यमुना रोका, बराङ्जा ४ का २३ वर्षीय गिरी श्रेष्ठ, सोही ठाउँकी ३० वर्षीय सीता सापकोटा, बेनपा १३ का ५८ वर्षीय शेरबहादुर थापा, भकिम्ली ७ की ५५ वर्षीया मनदेवी थापा रहेको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताउनुभयो । सडक साँघुरो भएकाले पनि उद्धारमा समस्या भएको थियो । सडकबाट करिव १ सय मिटर तल खसेको थियो । पाँचवटा रुखमा ठोकिदै खेतमा पुगेको बसबाट घाईतेलाई स्थानीयबासी, प्रहरी, नेपाली सेनाको इन्द्रबक्स गण, यातायात ब्यवसायी लगाएतले उद्धार गरेका थिए । रुखमा ठोकिदै तल खसेकाले पनि ठुलो मानवीय क्षती हुनबाट बचेको थियो ।
त्यस्तै बराङ्जा ८ का २३ वर्षीय टेकबहादुर थापा, सोही ठाउँका ३२ वर्षीय बुद्धिबहादुर रोका, बराङजा ४ का ३३ वर्षीय चन्द्रमणि सापकोटा, बेनपा ५ की २१ वर्षीया अश्मिता जिसी, बेनपा १३ को २९ वर्षीय भीमबहादुर थापा, बराङ्जा ४ की ७८ वर्षीया गंगादेवी घर्ती, बागलुङ पाला १ की ६० वर्षीया भविकला रोका, बराङ्जा ५ की २७ वर्षीया अमृता पुन, बराङ्जा ९ की २५ वर्षीया शर्मिला पुन, बेनपा १४ की २५ वर्षीया सुनिता क्षत्री पनि घाइते भएको उनले बताएका छन् । त्यसैगरी बराङ्जा ४ की १६ वर्षीया दिलमाया थापा, बराङ्जा ९ का १५ वर्षीय सुमन थापा, बराङ्जा ४ का ३९ वर्षीया ममता किसान, सोही ठाउँकी २२ वर्षीया गीता थापा, बराङ्जा ६ का २१ वर्षीय सिजन छन्त्याल र बराङ्जा ८ का २५ वर्षीय चित्रबहादुर रोका घाइते भएको बताइएको छ ।  हरिकृष्ण गौतम/ benionline