राष्ट्रपति पौडेलद्धारा पञ्चकोटमा मुक्तिनाथ महाघण्टको उद्घाटन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य
बागलुङ,फागुन १० गते ।

राष्ट्रपति रामचन्द्र पौडेल बिहिबार विहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट राखिएको मुक्तिनाथ महाघण्टको उद्घाटन गर्नुभएको छ ।

बुधबार देखि पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेलले पाँचहजार पाँचसय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना गर्नुभयो । राष्ट्रपति पौडेललाई जिल्लाका जनप्रतिनिधि,कर्मचारी र महायज्ञका संकल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले स्वागत गर्नुभयो ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न १५ दिन सम्म संचालन हुने ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो । महायज्ञको बुधवार नौ वर्ष मुनिका एकसय ८ जना कन्याहरुबाट सामुहिक रुपमा दीप प्रज्वलन गरेर सुभारम्भ गरिएको थियो । पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा संचालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यले बताउनुभएको छ ।

जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञ मार्फत जलसम्पदाको संरक्षण,पर्यटन प्रवद्र्धन गर्नुका साथै मौलिक धर्मसंस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्य रहेको महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यले बताउनुभयो । महायज्ञ फागुन २३ गते सम्म संचालन हुनेछ ।