आयल निगमको टोली बंगलादेश उड्यो, इन्धन आयातबारे छलफल गर्ने

 २८ कात्तिक, काठमाडौं । इन्धन आयातको सम्भाव्यताबारे अध्ययन गर्न नेपाल आयल निगमको टोली   शनिबार बंगलादेश प्रस्थान गरेको छ ।

भारतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम संकटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बङ्गलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएको हो ।

nepal_oil_corporation

निगमका इन्जिनियरिङ विभागका प्रमुख एवम् निर्देशक वीरेन्द्र गोइत र प्रवक्ता मुकुन्द घिमिरेको टोलीले बङ्गादेशबाट खाना पकाउने ग्यास, पेट्रोल, डिजल र  हवाई इन्धन आयात गर्ने विषयमा द्विपक्षीय कुराकानी गर्नेछ ।

बङ्गलादेश उड्नुअघि प्रवक्ता घिमिरेले सबै विकल्पबारे बङ्गलादेशी अधिकारीसँग कुराकानी हुने जानकारी दिएका छन् । रासस