विकल्प न्यूज । बेनी
फागुन १ गते ।
हिमाली क्षेत्रमा डढेलो
यस वर्ष हिमपात नभएका कारण हिमाली क्ष्ोत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमाल र जंगलमा लागेको डढेलो । हिउँदेयाममा बाक्लो हिउँले छोपिनुपर्ने हिमाली भेगमा यतिबेला भने दैनिकजसो डढेलो लाग्न थालेको छ । विगतमा माघसम्ममा बस्तीसम्मै हिउँ जम्नेमा यस वर्ष भने असोजदेखि पानी नपरेकाले लेकाली बस्ती मात्र नभई हिमाल पनि हिउँविहीन बनेका छन । तस्विर ठाकुरप्रसाद आचार्य