पोर्चुगलमा रहेका नेपालीहरुले पठाए सुरेशको उपचारका लागि ५१ हजार

विकल्प न्यूज/बेनी
असोज २ गते ।DSC_0294 म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि पोर्चुगलमा रहेका नेपालीहरुले ५१ हजार ९ सय सत्र रुपियाँ सहयोग पठाएका छन् । 41968163_715539992144268_6527393469990699008_nहाल पोर्चुगलमा रहनुभएका मंगला गाउँपालिका ५ अर्मनका शिववहादुर थापाको पहलमा त्यहाँ रहेका नेपालीहरुबाट उक्त सहयोग रकम संकलन भएको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

१९ वर्षीय छन्त्यालको आर्थिक अवस्था कमजोर भएकाले शान्तिकोषले एकमहिना अघि देखि सुरेश बचाऊ अभियान सञ्चालन गर्दै आएको छ । अभियानका क्रममा देश विदेशमा रहनुभएका म्याग्देली लगायत नेपालीहरुले सहयोग रकम पठाइरहनुभएको अभियानका सदस्य लालकुमार रोकाले जानकारी दिनुभयो । छन्त्यालको हाल अल्का अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।