मृगौला पीडित सुरेशको उपचारका लागि करिव ३ लाख सहयोग

विकल्प न्यूज/बेनी
असोज १ गते ।  DSC_0331 दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका एक यूवालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईले आर्थिक सहयोग गरेको छ ।

सुरेश बचाउ अभियानमा मोना यूएईले १ लाख ७० हजार ५० रुपैयाँ सहयोग गरेको हो । सोमबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा मोना यूएईका कार्यसमिति सदस्य लोकेन्द्र केसीले सुरेशकी आमा सिता पाईजा छन्त्याल र कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको हो ।DSC_0334सोही अवसरमा आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारमा यूएईमै रहेका राम रोकाको पहलमा संकलति ९४ हजार २० रुपैयाँ, मंगला गाउँपालिका–३ थर्पुकी गिता बुढाथोकी १० हजार ५५ रुपैयाँ, पवित्रा रोका ५ हजार ५५, रेणु छन्त्यालले ५ हजार १ सय सहयोग गर्नुभएको छ ।DSC_0329छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–९ बनौउकी अंकु पुन २२ सय ५० र बागलुङ भिमपोखराकी अनिता थापाले २ हजार सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानका सदस्य लाल कुमार रोकाले दिनुभयो ।

सोमबार मात्रै २ लाख ९२ हजार ४ सय प्राप्त भएको छ । कलिलै उमेरमा मृगौलाले काम नगरेपछि जिल्लाका ग्रामिण क्षेत्रमा समेत शुरेस बचाउ अभियान सञ्चालन भइरहेको छ ।

घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचार गरेपनि थप आर्थिक अभाव भएपछि अभियान सुरु गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

‘आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने छौ,‘पैसा नभएर मृत्युबरण गर्नुपदैन’ शाक्यले भन्नुभयो । उहाँका अनुसार सुरेश बचाउन अभियानमा आर्थिक सहयोग संकलन भइरहेको बताउनुभयो । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ ।

हालसम्म १३ लाखको हाराहारीमा सहयोग सङ्कलन भएको छ । कोषले हालसम्म करिव ८० जनाको उपचारमा सहयोग जुटाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन कोषका कार्यसमिति सदस्य सन्दिप खत्री र समापन उपाध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।