ताजा समाचार:
Search

जलजला ७ का अग्नी पीडित सुवेदी परिवारलाई बेलायतबाट ६० हजार सहयोग

विकल्प न्यूज/जलजला
फागुन १६ गते । 28584907_1686400654779897_1250732867_o (1)उत्तरी पर्वतको जलजला ७ धाइरिङ सल्यानका अग्नीपीडित इन्दमणि सुवेदीको परिवारलाई बेलायतबाट ६० हजार रुपियाँ सहयोग प्राप्त भएको छ ।  जलजला ७ धारापानी घर भई हाल बेलायतमा वसोवास गर्नुहुने समाजसेवी तथा पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्यको परिवारले उक्त रकम सहयोग गर्नुभएको हो ।
आचार्यको धर्मपत्नी राधिका आचार्यले बुधवार वडा अध्यक्ष टुङग नाथ आचार्यको सहभागितामा पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।

यसै गरि सो स्थानमा फागुन ७ गते आगलागिबाट पीडित बनेका गम्बरवहादुर नेपालीको परिवारलाई समेत आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आगलागी हुँदा सुवेदीको २५ लाख र नेपालीको ६ लाख रुपियाँ वरावरको क्षति भएको छ । आर्थिक अवस्था कमजोर रहेका सुवेदी र नेपालीको परिवारलाई पुर्नस्थापनाका लागि गाउँलेहरुले सहयोग अभियान सञ्चालन गरेको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।