क्यान्सर पीडित जगत केसी बचाउँ अभियान

विकल्प /म्याग्दी
पुस ३ गते । खुट्टाको हड्डीमा क्यान्सर भई हाल भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार गरिरहेका  बेनी नगरपालिका १२ डडुवा निवासी जगत केसीको जिबन रक्षाका  लागि बेनीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ ।

DSC07524   बेनपा १२ डडुवामा रहेको ज्योति युवा क्लबले शुक्रवार सदरमुकाम बेनीबजारमा १३ वर्षीय क्यान्सर पीडित केसीको उपचारका लागि आर्थिक संकलन अभियान सुरु गरेको क्लबका अध्यक्ष लिलवहादुर रोकाले बताउनुभयो  ।
सहयोगको अनुरोध गर्दै  शुक्रबार बेनी बजारमा क्लबका सदस्यहरु सहितको टोलीले घरदैलो गरेको छ । उपचारका लागि ९ लाख रुपियाँ खर्च लाग्ने चिकित्सकले बताएपछि क्लबले आर्थिक संकलन अभियानको थालनी गरेको हो  ।

चारमहिना अघि खुट्टाको  हड्डीमा क्यान्सर भएको चिकित्सकबाट थाह भएपछि केसीलाई उपचारका लागि परिवारले अस्पताल भर्ना गरेका थिए । केसीको उपचारका लागि परिवारले अहिले सम्म दुइलाख भन्दा वढी रकम खर्च गरिसकेको क्लबका सल्लाहकार मोहनवहादुर क्षत्रीले बताउनुभयो ।

परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले केसीको जिवन रक्षाका लागि आर्थिक संकलन अभियानको थालनी गरिएको क्षत्रीले जानकारी दिनुभयो ।
आर्थिक अभाव भएपछि परिवारले सुरुका दिनमा घरमा भएका चौपायाहरु विक्री गरेर उपचारको थालनी गरेको र हाल केसीको उपचारका लागि आर्थिक समस्या भएकाले अभियानको थालनी गरिएको जगत उपचार अभियानका संयोजक गंगा केसीले जानकारी दिनुभएको छ ।

यसअघि बेनीमा रहेको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले व्यक्तिगत रुपमा दशहजार रुपियाँ सहयोग गरेको क्लबले जनाएको छ । ठाकुरप्रसाद आचार्य