मोना हङकङको अध्यक्षमा कर्ण पुन निर्वाचित

विकल्प न्यूज/बेनी
असार १२ गते ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौ अधिवेशन आईतबार चिमखोलाका कर्ण पुनको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।Mona Hongkongबरिष्ठ उपाध्यक्षमा बेनीका प्रमोद गिरी, उपाध्यक्षमा शिखकी आशा पाईजा, सचिवमा बेगका जेबेन्द्र फगामी, सहसचिवमा पाउद्धारकी शिला जुक्जाली, कोषाध्यक्षमा कुहुँका नारायणसिङ पुन र सहकोषाध्यक्षमा भकिम्लीका मोहन रोका चयन हुनुभएको छ ।

सदस्यहरुमा रुमका लिल रोका, बरंजाकी रेणु थापा, च्युरीबोटका दिलीपकुमार पुन, नारच्याङका हरी पुर्जा, मगरदाङका धनबहादुर राना, दुखुका खिमप्रसाद रोका, भकिम्लीका कमल पुन, बरंजाका उत्तम रोका, दोवाकी रुपा राम्जाली र दानाकी अनिता फगामी रहनुभएको मोना हकङकङका पुर्व अध्यक्ष दल शेरपुञ्जाले जानकारी दिनुभयो ।

मोना हङकङका निवर्तमान अध्यक्ष ईन्द्र एलजि थापाको अध्यक्षता र सूचना प्रबिधिका अभियन्ता महाबिर पुनको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । मोना हङकङले म्याग्दीको शिक्षा, स्वास्थ्य, सञ्चार, विपद् व्यवस्थापन लगायत गतिबिधिमा सहयोग गर्दै आएको छ ।