शान्ति कोषमा बहराईनबाट आठ लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ असार ।
जटिल रोगबाट थलीएका आर्थिक रुपमा विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले म्याग्दीमा स्थापीत कोषमा प्रवासीले आठ लाख रुपैया भन्दा बढी नगद सहयोग गरेका छन् ।

म्याग्दी उद्धार समिती बहराईनको पहलमा संकलित आठ लाख ३७ हजार ५५५ रुपैया म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बिहीबार उपलब्ध गराइएको हो । समितिका मानार्थ सदस्य खप्रसाद शेरपुञ्जा, व्यवस्थापन सहसचिव रमेश खत्री र सदस्य घनबहादुर कार्कीले कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।baraenसमितिले संस्थागत रुपमा एक लाख, अध्यक्ष तेजेन्द्र थापाले एक लाख, हिरा पाईजाले एक लाख एक हजार, दग्नाम समाज बहराईनले साठी हजार, कोषाध्यक्ष विकास पाईजाले सत्तरी हजार, गोखर राम्जालीले ५५ हजार ५५५, सल्लाहकार भरत रत्नले ५६ हजार रुपैया सहयोग गर्नुभएको छ ।

रकम हस्तान्तरणका क्रममा मानार्थ सदस्य खप्रसाद शेरपुञ्जाले एक लाख दुई हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो । नव वर्ष २०७४ को अवसरमा बहराईनमा आयोजित कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष शाक्य, संस्थापक चन्द्रकुमार केसी र सचिव लोकेश पुनको उपस्थितीमा आयोजित कार्यक्रममा पाँच हजार रुपैया भन्दा बढी सहयोग गरेर १०५ जनाले आजिवन सदस्यता लिएका थिए ।

१६ लाख रुपैया भन्दा बढी सहयोग घोषणा भएको थियो । सो कार्यक्रममा जेठ १८ गते बिशात्त खाना खाँदा बिरामी भएका रघुगंगा ८ कुईनेमंगलेका प्रेम गुरुङको उपचारका लागि कोषले १५ हजार रुपैया उपलब्ध गराएको थियो ।

आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनी म्याग्देलीले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्थापित कोषमा एक करोड ५० लाख रुपैया पु¥याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

हालसम्म १८ जना व्यक्तिले दुई लाख रुपैया सहयोग गरेर संरक्षक, मोना कतारले संस्थागत संरक्षक र ५०० जनाले पाँच हजार रुपैया सहयोग गरेर आजिवन सदस्यता लिएका छन् ।

बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवंगत भएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा वि.स २०७१ मंसिरमा स्थापीत कोषले हालसम्म ३२ जना मुटु, मृगौला, रक्तक्यान्सर, हेपाटाईटिस बि, मलिग्रन्ट क्यान्सर लगायत जटिल रोगबाट थलिएका ३२ जना बिरामीहरुलाई ७० लाख रुपैया भन्दा बढी सहयोग जुटाएर उपलब्ध गराएको छ ।

प्रत्येक बिरामीहरुको सहयोग संकलन अभियानका लागि छुट्टा, छुट्टै बैङ्क खाता खोलीने, दाताबाट प्राप्त हुने सहयोग र खर्च विवरण सामाजीक सञ्जाल मार्फत सार्वजनीक गर्दै आएको छ ।