म्याग्दीमा पटकपटक विद्युत कटौटी

विकल्प/म्याग्दी
मंसिर १६ गते ।

म्याग्दीमा विहान र बेलुकी पटकपटक विद्युत कटौटी हुन्छ । विहान ६ बजेदेखी ९ बजेको विचमा पटकपटक विद्युत कटौटी हुदाँ उपभोक्ता हैरानीमा परेका छन् । कहिल्यै गएको एकदुईमिनेटमै फेरी आउँछ । यसबाट उपभोक्ता मात्रै होईन विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले पनि हैरानी खेप्नुपरेको छ । विहानको समयमा काठमाण्डौबाट मोदी वितरण केन्द्रलाई अनुरोध गरेपछि त्यहाँबाट एकघण्टा विद्युत काट्ने गरेको छ ।

loadshedding-nepal

भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्याँसको चरम अभाव भएकाले सर्वसाधारण विद्युतीय उपकरणमा भात पकाउन थालेपछि थालेपछि ओभर लोड भएकाले पनि पटकपटक विद्युत जाने गरेको छ ।
विभिन्न प्रकारका चुल्होका साथै हिटरको समेत प्रयोग हुन थालेपछि विद्युलीमा भार बढेर ट्रान्सफर्मरमा असरका साथै तार जल्ने गरेको विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सिताराम शाहले बताए । ठुला सहरमा विद्युतको खपत गर्न केन्द्रले समेत हस्तक्षेप गर्ने गरेको कर्मचारीको गुनासो छ । विहानमा काठमाण्डौबाट आदेश आएपछि एकघण्टा विद्युत कटौटी गर्दा सबैको घरमा खानापकाउने काम रोकिने र विद्युत आएलगत्तै सबैले प्रयोग गर्ने गरेकाले पनि विभिन्न फिडरमा डिम बत्ती आउने गरेको कर्मचारीको भनाई छ । खाना पकाउने समय बाहेक हिटरको प्रयोग तथा अन्य अनावश्यक गतिविधिमा विद्युत खपत नगर्न समेत प्राधिकरणले अनुरोध गरेको छ । बेनीबजारलाई अस्पताल चोकमा ३ वटा, बेनी सामुदायिक विद्यालय नजिक २, मंगलाघाटमा २ र पर्वतबेनीमा २ वटा सानोठुलो क्षमताका ट्रान्सफर्मर रहेका छन् । यसैविच बेनी फिडर अन्र्तरगत बेलुकी ५ बजेदेखी ६ बजे, दाना फिडरमा ६ देखी ७ बजे र रत्नेचौर फिडरमा ७ देखी ८ बजेसम्म विद्युत लोडसेडिङ हुने गरेको छ । हरिकृष्ण गौतम