दक्षिण कोरियामा हाम्रो म्याग्दी घरको उद्घाटन

विकल्प न्यूज/दक्षिण कोरिया
माघ १८ गते । रोजगारीको शिलशालामा दक्षिण कोरिया पुगेका म्याग्देलीहरुले हाम्रो म्याग्दी घर निर्माण गरेका छन् । कोरियामा रहँदा कुनै समस्याले कम्पनि छाडेका र समस्या परेर अलपत्र परेका म्याग्देलीहरुलाई वसोवासको व्यवस्थापन गर्नका लागि हाम्रो म्याग्दी घरको निर्माण गरेका हुन ।
जनवरी ३० का दिन उक्त घरको उद्घाटन गरिएको छ ।16425659_1753335961359173_1299884477_nकोरियाको प्रमुख मध्यको दोस्रो पर्व सल्नाल (नयाँबर्ष) को अवसर पारी आयोजना गरिएको कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा कोरिया आइ विविध कारणले कम्पनि छोडेका तथा कुनै समस्यामा परेका ब्यक्तीहरुलाइ राख्न सक्ने गरि निर्माण गरिएको ुम्याग्दी घरु उद्घाटन गरिएको हो । मोना दक्षिण कोरियाको अध्यक्ष लोक बहादुर बानियाँको सभापतित्व तथा एनआरएन बरिष्ठ उपाध्यक्ष ओमनारायण जुग्जालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समितीमा रिक्त रहेका पदहरुमा मनोनयन समेत गरिएको छ ।

रिक्त सचिव पदमा सुनेश केसी, सदस्यहरुमा गोविन्द बानियाँ, सुमन पौडेल,मोनीका थापा , बिनिता क्षत्री र मदन बानियाँ नियुक्त हुनुभएको छ ।

सोहि कार्यक्रम बिच पाँच बर्षे कोरिया बसाइ सम्पन्न गरि नेपाल फर्कदैँ गर्नुभएका मोना कोरियाका खेलकुद संयोजक गंगाराज बानियाँलाइ विदाइ समेत गरिएको थियो । सो कार्यक्रममा अन्य अतिथीहरुमा मोना दक्षिण कोरियाका संरक्षकहरु भरत तुलाचन सल्लाकार भक्त तुलाचन ,गौरी बोगटी र थाइल्याण्ड एन रा ए न अध्यक्ष खगेन्द ढकाल को आतिथ्यता रहेको थियो ।

साथै सोहि कार्यक्रममा संस्थाको आर्थिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको मोना दक्षिण कोरियाका अध्यक्ष लोक बहादुर बानियाँले जानकारी दिनुभयो ।