गायक प्रशान्त तामाङको निधन
-
गायक प्रशान्त तामाङको निधन
२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले भने, ‘हृदयघात भएको रहेछ ।’ इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै…
पुरा पढ्नुहोस » -
म्याग्दीमा जिवित छन् मौलिक नृत्य र संस्कृति
ठाकुरप्रसाद आचार्यम्याग्दी,कार्तिक २५ गते ।म्याग्दी मौलिक कला र संस्कृतिले भरिपूर्ण जिल्ला हो । यहाँ विभिन्न जातजाति र समुदायका आ–आफ्नै मौलिक कला, संस्कृति र भेषभूषाहरु छन् । वर्षौ पुराना कला संस्कृतिहरु अहिले पनि जिवित छन् । पाका पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरण भएको छ ।जिल्लामा बसोबास गर्ने मगर,गुरुङ,छन्त्याल,नेवार,क्षेत्री र ब्राहमण समुदायका आ–आफ्नै पुराना…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता
विकल्प न्यूज/बेनीभदौं ९ गते । हरितालिका तीज पर्वको अवसर पारेर म्याग्दी बहुमुखी क्याम्पसमा आइतबार विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र बेनी नगरपालिकाको सहआयोजनामा नृत्य प्रतियोगिताको कार्यक्रम सञ्चालन गरिएको हो । प्रतियोगितालाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले पौराणिक महत्व बोकेको तिज पर्वलाई दरखाने,…
पुरा पढ्नुहोस » -
बद्री पंगेनी र रचना रिमालको तीज गीत ‘झापाली कान्छी\पाल्पाली कान्छो’ (भिडियो सहित)
विकल्प न्यूज\बेनीसाउन १२ गते । लोकप्रिय गायक बद्री पंगेनी र गायिका रचना रिमालले नयाँ तीग गीत ल्याएका छन् । पंगेनी र गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ तीज गीत कोसेली ‘पाल्पाली कान्छो’ सार्वजनिक गरिएको छ। तीज आउन अझै झण्डै एक महिना बाँकी भए पनि सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ।…
पुरा पढ्नुहोस » -
विकले हात पारिन गण्डकी लोकताराको उपाधि
गण्डकी, असार ८ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पार्नुभएको छ । शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उहाँ ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल हुनुभएको हो । विकले उपाधिसँगै नगद पुरस्कार रु…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा पहिलो पटक गुञ्जियो ‘फ्रान्सेली संगीत’
विकल्प न्यूज\म्याग्दीजेठ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ। अन्नपूर्ण प्रथम हिमाल (आठ हजार ९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले…
पुरा पढ्नुहोस » -
जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी
म्याग्दी १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले उपाधी हात…
पुरा पढ्नुहोस » -
कान्छी गाउँ विजयी
म्याग्दी, जेठ ७ गते । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा…
पुरा पढ्नुहोस » -
धवलागिरिको पुख्र्यौली नाच प्रतियोगितामा मुना बिजयी
विकल्प न्यूज/बेनीजेठ ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल भएका…
पुरा पढ्नुहोस » -
माइतीघर’ फिल्मको छायाङ्कन म्याग्दीको ताकमबाट सुरु
विकल्प न्यूज/बेनीबैशाख १८ गते फिल्म ‘माइतीघर’को छायाङ्कन सुरु भएको छ । बिहीबार म्याग्दीको ताकम गाउँमा फिल्मले शुभसाइत गर्दै छायाङ्कन सुरु गरेको हो । स्थानीय गणेश मन्दिरमा फिल्मको शुभसाइत पूजा भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायाङ्कन हुनेछ फिल्मको बाँकी २० दिन दरबाङको…
पुरा पढ्नुहोस » -
म्याग्दी प्रतिष्ठानलाई उपाधि
(बागलुङ), चैत २६ गते । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय हुनुभयो । यस्तै तृतीय…
पुरा पढ्नुहोस » -
रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनीमाघ १४ गते । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ ।गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो ।धु्रव जिसी, नकुल ढकाल युटुव च्यानलबाट…
पुरा पढ्नुहोस » -
मौलिक पोसाक भाडामा लगाएर आम्दानी
म्याग्दी, माघ ३ गते । यहाँको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा…
पुरा पढ्नुहोस » -
म्याग्दी महोत्सवको तयारी पूरा,आज उद्घाटन
म्याग्दी,पुस २८ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार उद्घाटन गर्नुहुने आठौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सदरमुकाम बेनीमा आजदेखि आगामी माघ ८ गते सम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी…
पुरा पढ्नुहोस » -
जलजला ४ द्धारा नौमती बाजा सहयोग
ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) कात्तिक ५ गते । नौमती बाजा संरक्षण गर्नका लागि पर्वतको जलजला गाउँपालिकाले वडा नम्बर ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुनलागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको हो । सोमबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,वडा नम्बर…
पुरा पढ्नुहोस »