सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ असार ।
म्याग्दीको निस्कोट ३ मा रहेको रुम खोला लघुजलविद्युत परियोजनाको विद्युतगृहमा बाढी पसेपछि विद्युत उत्पादन बन्द भएको छ ।
५१ किलोवाट क्षमत्ताको परियोजनाको विद्युतगृह भन्दा माथि खनिएको सडकबाट शनिबार राती आएको बाढीले टर्वाइन लगायतका उपकरणहरुमा क्षत्ती भएको छ । परियोजना बन्द हुँदा सात सय घरधुरी उपभोक्ता प्रभावित भएका परियोजनाका सल्लाहकार मोतीराज गौतमले जानकारी दिनुभयो ।
सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देविस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत सुबिधा उपभोग गर्दै आएका छन् । परियोजनाको विद्युतगृह माथिको पाखोमा दरवाङ निस्कोट सडक निर्माणका क्रममा फालीएको माटो र सडकको भल ब्यवस्थापन नहुँदा बाढी आएको हो ।
ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी, परियोजनाका पदाधीकारी र उपभोक्ताहरुले आईतबार दिनभरी विद्युतगृहमा पसेको बाढी व्यवस्थापन गरेपनि जोखिम कायमै रहेकाले विद्युत उत्पादन हुन सकेको छैन् ।