विकल्प न्यूज/बेनी
असार २७ गते ।
बेनपा –९मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रुद्रबहादुर कार्की अध्यक्षतामा १३ सदस्यीय प्रवन्ध समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा भीमनाथ पराजुली, सचिवमा माधवप्रसाद रेग्मी र कोषाध्यक्षमा बमबहादुर पुन रहनुभएको छ ।
सदस्यहरुमा अमरबहादुर बस्नेत, अङ्गत श्रेष्ठ, पूर्णबहादुर बानियाँ, अजिता मल्ल, अमृतमान शेरचन, टिकानन्द सुवेदी, नरबहादुर तिलिजा, कुमारी रोका र धनप्रसाद रोका चयन हुनुभएको छ । अधिवेशन उद्घाटन कार्यक्रममा प्रजिअ केशवराज आचार्यले गलेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सबै एक जुट हुन अनुरोध गर्नुभयो ।
अधिवेशनमा कोषकोे २०६७ साउन महिनादेखि २०७३ साल जेठ मसान्तसम्म कुल आम्दानी पाँचकरोड ४९ लाख ५८ हजार २३३, खर्च चारकरोड ३० लाख ५८ हजार १४२ र बचत एककरोड १९ लाख ९१ रुपैयाँ रहेको आयव्यय तथा संस्थागत प्रतिवेदन सार्वजनीक गरिएको थियो ।
कार्यक्रममा कोषका सदस्यद्वय क्याप्टेन मिनबहादुर कार्की र युवनाथ रेग्मीले मन्तव्य राखेका थिए । कार्यक्रम कोषका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष प. भीमनाथ पराजुलीको स्वागत र निवर्तमान सचिव गुमानसिं कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।