ताजा समाचार:
Search

स्थानीय शान्ति समिति म्याग्दीको संयोजकमा रेग्मी चयन

विकल्प न्यूज/बेनी
असार २५ गते ।
स्थानीय शान्ति समिति म्याग्दीको संयोजकमा रेखाकौशल रेग्मी चयन हुनुभएको छ । समितिको शनिबार सम्पन्न ४६ औ बैठकले साउन १ गतेदेखि छ महिना सम्मका लागि रेग्मीलाई संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।12924626_1173780379306370_7930143075039865043_n

रेग्मीले स्थानीय शान्ति समितिमा महिला मानव अधिकार रक्षकको सञ्जालको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको छ । साउन १ गतेदेखि समितिका वर्तमान संयोजक नागरिक समाजका सुर्दशनकुमार श्रेष्ठले रेग्मीलाई कार्यभार हस्तान्तरण गर्नुहुनेछ् । समितिको ६६ महिनामा संयोजक परिवर्तन हुने व्यवस्था रहेको छ ।